logo

माल्दिभ्सको आर्किपेलागोबाट भारतीय सेना हटाउने नयाँ राष्ट्रपतिको घोषणा

 इसीमाना सम्वाददाता     २०८० असोज १९ गते ०७: ३५ मा प्रकाशित     802   पटक पढिएको

काठमाण्डौ । माल्दिभ्समा नयाँ राष्ट्रपति मोहम्मद मोइज्जुले त्यहाँस्थित भारती सैनिकलाई हटाउने घोषणा गरेका छन्।

माल्दिभ्सको नयाँ नेतृत्वका लागि भएको चुनावअघि नै दुई शक्ति राष्ट्र चीन र भारतबीच तानातानी भएको थियो।


दुई राष्ट्रको तानातानीबीच माल्दिभ्समा चीननिकट मानिने मोइज्जु राष्ट्रपतिमा निर्वाचित भएका थिए।

भारतबाट करिब १२ सय किलोमिटरको दूरीमा ५ लाख जनसंख्यासहितको माल्दिभ्स सुन्दर द्वीपहरुका कारण विश्वप्रसिद्ध छ।

जहाँ नेपाल र भारतसहितका सेलिब्रिटीदेखि सर्वसाधारणसम्म छुट्टी मनाउन पुग्छन्। पर्यटनले प्रसिद्ध यो देश पछिल्लो समय राजनीतिक फेरबदलका कारण चर्चाको शिखरमा छ।

यसैबीच मोइज्जुले राष्ट्रपति भएलगत्तै भारतीय सेनालाई माल्दिभ्सको आर्किपेलागो (द्वीप समूह) बाट हटाउने बताएका हुन्।

भारत र माल्दिभ्सको मित्रता धेरै पुरानो छ। तर अहिले चीन पनि हावी भएपछि माल्दिभ्सका लागि रोचक प्रतिस्पर्धा हुने गरेको छ। भारत पुरानो मित्र भए पनि चीनको पकड बलियो हुन थालेपछि माल्दिभ्ससँगको दूरी बढेको छ।

सन् २०२३ को राष्ट्रपति चुनावमा मोहम्मद सोलिहविरुद्ध मोहम्मद मुइज्जुले दावेदारी पेश गरे। उनले माल्दिभ्सका रहेको भारतीय सेनाको उपस्थितिविरुद्ध ुइन्डिया आउटु को नारा दिएका थिए। त्यसलाई लिएर प्रदर्शन पनि भयो। यो अभियान भारतीय सैनिक रहँदा माल्दिभ्सको सम्प्रभूतमा खतरा पर्ने कुरामा आधारित थियो।

गत शनिबार माल्दिभ्सको राष्ट्रपति चुनावको नतिजा आयो। चुनावमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स अर्थात पीपीएमका नेता मोहम्मद मोइज्जुको जित भयो। पीपीएम गठबन्धनलाई चीनसँग निकट सम्बन्ध रहेको दलका रुपमा लिइन्छ।


माल्दिभ्समा के गर्छ भारतीय सेनार ?


भारतले स्वास्थ्य उद्धार र हिन्द महासागरमा समुद्री निगरानीको सहयोगका लागि माल्दिभ्सलाई दुई हेलिकोप्ट र र दुई डोर्नियर डोर्नियर विमान अनुदानमा दिएको थियो। यस समय माल्दिभ्समा तैनाथ ७५ भारतीय सैनिकमा अधिकांश तिनै विमानको रेखदेख र उडानको काममा सक्रिय छन्।

भारतीय सेना लामो समयदेखि माल्दिभ्समा बस्दै आएको छ। भारतीय सैनिक माल्दिभ्स नेशनल डिफेन्स फोर्सका रुपमा काम गर्छन्। उनीहरुको मुख्य काम एक विमान र दुई हेलिकोप्टरलाई साना टापुबाट बिरामीलाई अस्पतालसम्म पुर्‍याउने काममा सघाउनु मात्रै हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.