logo

माल्दिभ्सको संसदीय चुनावमा चीन पक्षधर सत्तारुढपार्टी बिजयी

 इसीमाना सम्वाददाता     २०८१ बैशाख १० गते १६: २५ मा प्रकाशित     525   पटक पढिएको

काठमाडौ । माल्दिभ्समा आइतबार सम्पन्न भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेसनल कंग्रेसले भारी मतले बिजयी भएको छ ।

माल्दिभ्सबाट भारतीय सेना हटाउने अभियान चलाएका राष्ट्रपति मुइज्जुको सत्तारुढ दलले संसदको ९३ सिटमध्ये ६७ सिट जित हासिल गरेर इतिहास कायम गरेको छ ।

माल्दिभ्समा प्रभाव बढाउन खोजिरहेका भारत र चीनले संसदीय निर्वाचनको नतिजालाई नजिकबाट हेरिरहेका छन् । संसदीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले १२ सिट र स्वतन्त्र उम्मेदवारले १० सिट जितेका छन् । माल्दिभ्स विकास गठबन्धन र जहुरी पार्टीले एक–एक सिट पाएका छन् ।

स्थानीय समय अनुसार हिजो बिहान ८ बजे सुरु भई साँझ ५ः३० बजेसम्म चलेको थियो । ९३ सिटकालागि देशभरका ६ राजनीतिक दल र स्वतन्त्र समूहका ३ सय ६८ उम्मेदवारले उम्मेदवारी दिएका थिए । पिपुल्स नेसनल कंग्रेसले ९० सिटमा उम्मेदवारी दिएको थियो भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले ८९ सिटमा उम्मेदवारी दिएको छ ।

मालदिभ्स हिन्द महासागरमा रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा अवस्थित छ। यस्तो अवस्थामा भारत र चीनले माल्दिभ्समा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन् । मुइज्जु राष्ट्रपति बनेपछि भारत र चीनबीचको द्वन्द्व बढेको थियो । यसअघि निर्वाचित भए लगत्तै मुइज्जुले चीन समर्थक अडान अपनाए र देशको एउटा टापुमा तैनाथ भारतीय सेना हटाउने काम गरेका थिए ।

राष्ट्रपति पदका लागि मुइज्जुको चुनावी अभियान ‘एक्जिट इण्डिया’ भन्ने विषयवस्तुमा आधारित थियो, जसमा उनले पूर्व राष्ट्रपतिमाथि भारतलाई धेरै महत्त्व दिएर राष्ट्रिय सार्वभौमसत्तामा सम्झौता गरेको आरोप लगाएका थिए।

माल्दिभ्समा कम्तिमा ७५ भारतीय सैनिक तैनाथ गरिएको थियो र भारतले उपहार दिएका दुईवटा विमान चलाएको थियो । यसका साथै समुद्रमा फसेका वा प्रकोपको सामना गरिरहेका मानिसहरूको उद्धार कार्यमा सहयोग पुर्‍याएको थियो। मुइज्जुले यी सेनाका कर्मचारीहरूलाई हटाउने दिशामा कदम चालेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.