logo

नेपालीहरूको समस्यामा सहकार्य गरिदिन स्पेनस्थित नेपाली राजदुताबासलाई एनआरएनए म्याड्रिडको  ध्यानकर्षण

      1/7/2021 गते 00 00 मा प्रकाशित     1713   पटक पढिएको

स्पेन संघ क्षेत्रीय समिति म्याड्रिडले स्पेनस्थित नेपाली राजदुताबासलाई सहकार्य गरिदिन ध्यानकर्षण गराएको छ ।

 

एनआरएनए म्याड्रिड अध्यक्ष सुजिल गोलेको नेतृत्वमा गएको टोलीले राजदुत दावाफुटी शेर्पालाई  नेपालीहरुको समस्या सामधानकोलागि ध्यानाकर्षण पत्र बुझाएको हो । 

विगत लामो समय देखि स्पेनमा बसोबास गर्दै आएका नेपाली समुदायहरूको विभिन्न समस्याहरू पहिचान गरि समाधानकालागि सहकार्य गरिदिन ९ बुंदे ध्याकर्षण पत्र बुझाएको गोलेले बताउनु भयो  ।

 

नेपालीहरूको समस्यामा नेपाली राजदुताबासको रचनात्मक सहयोग र सहकार्यको अपेक्षा आफूहरुले गरेको गोलेले बताउनु भयो । तर उहाँले दुतावास नेपालीहरुको समस्या प्रति सम्बेदनशील हुन नसकेको भन्दै चित्त दुखाउनु भयो ।  तर राजदुत शेर्पाको प्रतिवद्धताले आफूहरुलाई उत्साहित बनाएको गोलेको भनाई छ ।

 


उक्त टोलीमा उपस्थित एनआरएनए स्पेनका प्रथम उपाध्यक्ष उत्तर कुमार राईले नेपाल र नेपालीहरूको हितमा नेपाली राजदुताबासले काम गर्दै आएकोमा कोरोनाले गर्दा केहि समय ढिलो भएको हुन सक्छ तर कोरोनाकै समस्या सधै देखाउदै सधै नेपाली दुताबास भाग्न नमिल्ने जिकिर गर्नु भयो । 


ध्यानकर्षण पत्रमा  नेपालीहरुका समस्या र स्पेनमा नेपालको पर्यटन क्षेत्रको प्रबर्द्धन,तथा स्पेनको लगानी नेपाल भित्र्याउने सम्भावनाका बिषयलाई प्रमुख बनाउन भनिएको छ ।

यसैगरी कोरोना महामारीका समयमा नेपालमा रहेका नेपालीहरुका समस्या, परिवार पुनर्मिलन, स्पेनमा बाबु आमालाई भिजिट भिसामा बोलाउदा भिषा नदिने समस्या, दुतावासबाट दिईने कन्सुलर सेवामा सुनिएका जनगुनासोहरु, परिवार पुनर्मिलनका लागि स्पेनिस दुतावास नयाँदिल्लीमा अपोईन्टमेन्ट लिने क्रममा देखिएका समस्याहरु लगायत नेपालीहरुको बाक्लो बस्ति रहेका स्पेनका बिभिन्न शहरहरुमा अबैतनिक बाणिज्यदुत चयनका लगायत अन्य सम्भावनाहरूलाई समेटेर राजदुत दावाफुटी शेर्पालाई ध्यानकर्षण पत्र बुझाएको हो ।

ध्यानकर्षण पत्र बुझ्दै राजदुत शेर्पाले आफुले सक्दो सहयोग, सहकार्य गर्ने  र सकारात्मक रुपमा लिएर सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको  अध्यक्ष गोलेले बताउनु भाये  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.