logo

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ जेठ २९ गते १२: ५८ मा प्रकाशित     1278   पटक पढिएको

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मञ्च युरोप–अमेरिका इञ्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यता र ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापासहितका नेताहरुको सहभागतामा सम्पन्न  बैठकले १६ बुँदे निर्णय गरेको छ ।

 

बैठकमा ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, सचिवालय सदस्य तथा युरोप इञ्चार्ज भक्त वाग्लेसमेतको विषेश उपस्थिति रहेको थियो ।


बैठकले हाल तिव्ररुपमा नेपालीहरुको आगमन भइरहेका देशहरु जस्तै पोल्याण्ड, साईप्रस, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरुमा केही निर्णय भइसकेका र केही निर्णय हुन बाँकी रहेका मुलुकहरुमा यथाशीघ्र कुटनैतिक नियोग स्थापनाका लागि जोडदार माग गरेको छ ।

यसैगरी बैठकले विविध कारणले हाल प्रवासमा बसिरहेका नेपालीहरूको नेपाली नागरिकता निरन्तरताका लागि जोडदार माग गरेको छ । बैठकले संविधान प्रदत्त तथा सम्मानित सर्वोच्च अदालतबाट समेत निर्देशन भए अनुसार प्रवासबाट मतदान गर्ने अधिकारलाई व्यवस्थित गरी प्रवासीहरुलाई आफ्नो मतदानको अधिकार प्रदान गर्नको लागि निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ ।

बैठकले विगत लामो समयदेखि युरोपियन मुलुकहरूमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपाली वायु सेवा निगममाथि लगाएको प्रतिबन्धलाई फुकाउन आवश्यक कुटनैतिक पहलका लागि नेपाल सरकार समक्ष जोडदार माग गरेको संयोजक मुक्त गुरुङ र सचिव सालिकराम थपलियाले जानकारी दिनुभयो ।


यसैगरी बैठकले सन् २०२५ भित्र “जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च“ भन्ने नारालाई सार्थक बनाई युरोप महादेश अन्तर्गतका धेरैभन्दा धेरै राष्ट्रहरूमा राष्ट्रिय कमिटी गठन गर्नका लागि प्रतिवद्धता जनाएको छ भने २०२५ को अन्तसम्ममा हरेक राष्ट्रिय कमिटीहरूले आ–आफ्नो राष्ट्रमा रहेका नेपालीहरूको जनसंख्याको न्यूनतम ३ प्रतिशत संगठित सदस्यता बिस्तार गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले प्रवासी नेपाली मञ्चको नेतृत्वमा संयुक्त लगानीको अवस्थालाई प्रत्याभूत गर्नका लागि आगामी ६ महिनाभित्र कम्तिमा २ अर्बको संयुक्त पूँजीको संकलन गरी लगानी कम्पनीमार्फत कार्य गर्न आवश्यक कागजी र प्रकृयागत कार्यहरू सम्पन्न गरी आवश्यक योजनाको छनौट सहित कार्य योजनालाई अगाडि बढाउने निर्णय गरेको छ ।

 

 लगानी विभागको अवधारणालाई मूर्त रुप दिन अल्प र दीर्घकालीन योजनाको प्रस्ताव प्राप्त भएकाले रकम संकलन र प्राप्त योजनाहरूको छानविन गरी लगानीको प्रकृया अगाडि बढाइने बैठकपछि जारी बिज्ञप्तिमा जनाइएको छ ।

यस्तै बैठकले महिला सशक्तिकरणको कामलाई युरोपमा व्यवस्थित गर्दै कम्तिमा वर्षको एक पटक महिलाहरूको विशेष कार्यक्रम आयोजना गर्ने र हरेक भेलाहरूको दस्तावेजीकरण सहित निरन्तरता दिने निर्णय गरेको छ ।

युरोप महादेश संयोजक मुक्तबहादुर गरुङको अध्यक्षता र सचिव शालिकराम थपलियाले संचालन गर्नु भएको उक्त बैठकमा युरोप महादेशका २० देशहरुबाट १५० जनाको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.