logo

बर्दिया वन क्षेत्र खाली गराउने निर्णयप्रति स्थानीय तहको आपत्ति, सेनालाई दिए दरो जवाफ

 इसीमाना सम्वाददाता     २०८३ बैशाख १६ गते ०७: ३५ मा प्रकाशित     166   पटक पढिएको

बर्दिया ।  लुम्बिनी प्रदेशअन्तर्गत डिभिजन वन कार्यालय, बर्दियाले प्रकाशित गरेको वन क्षेत्र खाली गराउने सम्बन्धी सूचनाप्रति जिल्लाका स्थानीय तहहरूले आफ्नो गम्भीर ध्यानाकर्षणभएको जनाएका छन्।

 

उक्त कार्यालयले मिति २०८३ बैशाख १४ मा एक सूचना मार्फत बर्दिया जिल्लाका विभिन्न स्थानमा रहेका वन क्षेत्र खाली गर्न आग्रह गरेको थियो। तर स्थानीय तहहरूले सो निर्णय नेपालको संविधान, २०७२ मा व्यवस्था गरिएको नागरिकको मौलिक हक, विशेषतः आवासको हक विपरीत रहेको बताएका छन्।

 

स्थानीय जनप्रतिनिधिहरूका अनुसार लामो समयदेखि वन क्षेत्रभित्र बसोबास गर्दै आएका नागरिकहरूको वास्तविक अवस्था पहिचान नगरी एकपक्षीय रूपमा क्षेत्र खाली गराउने निर्णय गर्नु न्यायोचित नहुने बताएका छन्।

 

 उनीहरूले जनताको आवास अधिकार सुनिश्चित गर्दै समस्याको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिएका छन्।

 

त्यसैगरी, नेपाल सरकार, रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनाबाट पठाइएको पत्रका आधारमा बर्दियाका विभिन्न स्थानीय तहहरूमा रहेका सुकुम्बासी बस्तीहरूको विवरण माग गरिएको विषयमा पनि आपत्ति जनाइएको छ।

 

स्थानीय तहहरूको भनाइमा उक्त प्रक्रिया प्रचलित कानुनी विधि र प्रक्रियाअनुसार नभएकोले यसले थप अन्योल सिर्जना गरेको छ।


मधुवन  नगरपालिकाका प्रमुख टेक बहादुर भाट, गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव,राजापुर नगरपालिकाका प्रमुख  दीपेश थारु ,गेरुवा गाउँपालिका प्रमुख जुमान सिंह केसी, तिलकराम लाम्साल ठाकुरबाबा नगरपालिका,खडक बहादुर खड्का बासगढी नगरपालिका,छविलाल थारु बारबर्दीया नगरपालिका, र हिमाल त्रिपाठी बढैयाताल गाउँपालिकाका प्रमुखले संयुक्त रुपमा बिज्ञप्ति जारी गरि सेनाको परिपत्रले झन अन्यौलता र आशंका उत्पन्न गरेको जनाएका छन ।

 

 स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले संयुक्त रूपमा जारी गरेको ध्यानाकर्षण पत्रमा संवैधानिक हकको सम्मान गर्दै सम्बन्धित निकायबीच समन्वय गरी समस्या समाधान गर्न आग्रह गरिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.