logo

क्रियाशिल युवा पत्रकार मंचको अध्यक्षमा पटेल सर्वसम्मत,पहिलो बैठकले गर्यो  रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय

 इसीमाना सम्वाददाता     २०८३ जेठ २ गते ०६: ३४ मा प्रकाशित     368   पटक पढिएको

वीरगंज ।  क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो साधारण सभाले आनन्द पटेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।    

 

शनिबार वीरगञ्जस्थित होटल मकालुमा सम्पन्न साधारण सभाले  पटेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको  हो ।

 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र साह, महासचिवमा राकेश कुमार साह, सचिवमा ओमप्रकाश कुमार सर्राफ , कोषाध्यक्षमा उपेन्द्र कुमार बरै चयन भएका छन् ।

May be an image of text

त्यसैगरी सदस्यहरूमा सुनिल कुमार ओझा, आरोहण साह, कन्हैया बरनवाल , मुकेश कुमार यादव, आदित्य शर्मा, दिपेश कुमार ठाकुर, उपेन्द्र कुमार पटेल, दिनेश प्रसाद कुशवाहा, अर्जुन कुमार दास तथा अरुण कुमार साह चयन भएका छन् ।

 

कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जका न्यायधीश गोकर्ण डाँगीले  नवनिर्वाचित कार्यसमितिलाई खाँदा, माला तथा टिका लगाएर स्वागत गरेका थिए ।

 

 उनले क्रियाशील युवा पत्रकार मञ्च नेपालले विगतमा गरेका गतिविधिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको हितमा कलम चलाउन शुभकामना व्यक्त गरे । 


यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि शनिबार नै सम्पन्न भएको छ । संघका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा बसेको बैठकले तीन महत्वपूर्ण निर्णय गरेको जनाएको छ ।

बैठकले पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गर्ने, आगामी दिनमा नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने तथा वीरगञ्जमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै जेठ महिनाभित्र रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.