logo

बालविवाह र दाईजो प्रथा विरुद्ध कार्यक्रम

बालविवाह र दाईजो प्रथा विरुद्ध कार्यक्रम

      1/24/2017 गते 00 00 मा प्रकाशित     2199   पटक पढिएको

वीरगञ्ज, ११ माघ । पर्साको लालपर्सामा मंगलबार बालविवाह तथा दाईजो प्रथा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय पर्सा र जिल्ला बाल कल्याण समिति पर्साको सहयोगमा जिल्ला बाल क्लब सञ्जाल पर्साले सचेनामुलक कार्यक्रम गरेको हो ।

‘कुराकानी गरौं विहेको जब पुग्छ उमेर २० को’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले कुरीतिको रुपमा समाजमा जरो गाडेर बसेको बालविवाह र दाईजो प्रथा उन्मुलनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले बालबालिकाहरु नै कुरीति विरुद्ध अग्रसर हुनु सकारात्मक काम भएको बताएका छन् ।  कार्यक्रममा बोल्दै प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक भिमसिंह थामीले बाल विवाह गराउन खोजिए पहिला परिवारलाई सम्झाउन र परिवारले नमानेको खण्डमा विद्रोह गर्न सुझाव दिए । उनले दाईजो प्रथाले महिलालाई किनबेच गर्ने बस्तु जस्तो बनाएको भन्दै त्यसको उन्मुलन आवश्यक रहेकोमा जोड दिए ।

नेपाल राष्टिूय निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक राम आधार साहले विद्यालयका बालबालिकाले अभियानका रुपमा बालविवाह र दाईजोप्रथा विरुद्ध अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा प्रशिक्षक मनोज गुप्ताले बाल अधिकार, बाल संरक्षण, बाल विकास, अर्थपूर्ण बाल सहभागीताका बारेमा सहभागीहरुलाई जानकारी गराए । साथै गुप्ताले बाल विवाह र दाईजो प्रथा विरुद्ध बनेका ऐन नियमहरुको बारेमा जानकारी गराएको बाल क्लब सञ्जाल पर्साकी सचिव कृति श्रीवास्तवले बताईन् । कार्यक्रमको अध्यक्षता जिल्ला बाल क्लब सञ्जाल पर्साका अध्यक्ष जया साहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.