logo

पर्सामा संचालीत कार्यक्रम इन्सेक टोलीद्वारा अनुगमन

      11/1/2017 गते 00 00 मा प्रकाशित     1702   पटक पढिएको


कार्तिक १५ गते ।
 अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा संचालीत स्थानीय समुदायलाई सजेत पार्दै जिम्मेवार निकायलाई जवाफदेह बनाउने परियोजना अन्र्तगत पर्साको पटेर्वा सुगौलीको वडा नं २ र सखुवा प्रसौनीको वडा नं २ मा संचालीत कार्यक्रमको अनुगमन भएको छ । 
    सखुवा प्रसौनीको वडा नं १ मधुवन मथौल र पटेर्वा सुगौलीको वडा नं २ गादीमा कार्यक्रम संचालन भइरहेको छ । कार्यक्रम संचालीत क्षेत्रमा मानव अधिकार निगरानी समुहमा आवद्ध अधिकारकर्मीको समुहले स्वास्थ्य खाद्य र शिक्षाको क्षेत्रमा राज्यले नागरिकलाई दिने सेवाको प्रभावकारी प्रत्याभूतीको पक्षमा सचेतना फेलाउने काम गर्ने गरेको छ । कार्यक्रम संचालीत २ वडामा दुईवटा माध्यामिक बिद्यालय र दुई वटा निम्न माध्यामिक बिद्यालयमा पनि बाल अधिकार चेतना समुहको निर्माण गरेर वालअधिकारको बिषयमा चेतनामुलक कार्यक्रम भईरहेको छ । सबै बिद्यलायमा संरक्षक शिक्षकले वालअधिकार चेतना समुहको काममा अभिभावकको भूमिका निर्वाह गर्ने गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक र इन्सेक केन्द्रीय कार्यालयको योजना तथा अनुगमन शाखाका अधिकृत सलिना भट्टराई सहितको टोलीले कार्यक्रमको अनुगमन गरेको हो । टोलीले मानवअधिकार निगारानी समुहका पदाधिकारी,वाल अधिकार चेतना समुहका पदाधिकारी ,संरक्षक शिक्षक बिद्यालयका प्रधानाध्यापक,स्थानीय तहमा रहेका सेवा प्रदायक निकायका प्रमुखहरु सुरक्षा निकायका प्रमुखहरुसंग कार्यक्रम र त्यसको प्रभावकारीताको बिषयमा छलफल समेत गरेको थियो । कार्यक्रमको संचालनले वालवालिकाको ब्यवहारमा परिर्वतन आएको चेतना समुहका पदाधिकारीले बताएका थिए । मानव अधिकार निगरानी समुहको कामले स्थानीय समुदायलाई सेवा लिनमा सहज अनुभव भएको स्थानीयले बताए । निगारानी समुहले स्थानीय स्तरमा रहेका स्वास्थ्यचौकी,कृषि ,पशु,वडा सचिव बन लगायतका कार्यलयले दिने सेवाका बिषयमा स्थानीय समुदाय ति कार्यालयका जम्मेवार ब्यक्तिहरुका वीचमा अन्तरक्रिया गर्दै आएको छ । अन्तरक्रियाले गर्दा सेवाका त्यसको प्राप्तीका प्रक्रियाका बारेमा स्थानीय जनताले जानकारी पाउने गरेकोले निगरानी समुहको कामलाई उनीहरुले राम्रो ठानेको निगरानी समुह मधुवन मथवलका अध्यक्ष दिनेश तिमिल्सीनाले बताए । टोलीले जिल्ला स्तरीय मानव अधिकार निगारानी समुहसंग पनि अन्तरक्रिया गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.