logo

जिल्ला प्रहरी कार्यालय बारामा मोबाईल बोक्न प्रतिबन्ध

      11/6/2017 गते 00 00 मा प्रकाशित     1600   पटक पढिएको

कलैया, २० कात्तिक :

जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी कार्यालय परिसर भित्र मोबाईल प्रयोग गर्न प्रतिबन्ध लगाईएको छ । सोमबारदेखि कार्यालय परिसर भित्र मोबाईल प्रयोग गर्न नपाइने सूचना नै जारी गरेको हो । 

प्रहरी कार्यालय भित्र प्रवेश गर्दा मोबाइल स्वीच अफ गर्नुपर्ने व्यहोरा सहितको सूचना जिल्ला प्रहरी कार्यालय बाराको मुख्य प्रवेशद्वारमा टाँसिएको छ । बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले प्रहरी कार्यालय परिसरमा छलफलमा बस्दा मोबाइल प्रयोग गर्न नपाइने व्यवस्था मिलाइएको बताए । ‘विभिन्न मुद्दाको छलफलमा भएका कुराकानीको रेकर्ड गरी गाउँघरमा लगेर सेवाग्राहीहरुबीच झै झगडा भएको जानकारी आयो ।’ उनले भने ‘यस्ता क्रियाकलाप नहोस भनेर मोबाईल प्रयोगमा प्रतिबन्ध लगाएका हौं ।’ 

उनले अनौपचारिक कुराकानी पनि सेवाग्राहीहरुले मोबाइलमा रेकर्ड गर्ने गरेका कारण मोबाइल प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए ।

सञ्चार सम्बद्ध संघ संगठनद्वारा आपत्ती

प्रहरी कार्यालय परिसरमा मोबाईल प्रयोगमा प्रहरीले लगाएको प्रतिबन्ध प्रति पत्रकार सम्बद्ध विभिन्न संघ संगठनले आपत्ति जनाएका छन् ।

 नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष लक्ष्मी साहले जिल्ला प्रहरी कार्यालय परिसरमा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने कार्य निन्दनीय भएको बताए । ‘जुनसुकै बहानामा पनि मोबाइल प्रयोगमा रोक लगाउनु प्रहरीको निन्दनीय कार्य हो ।’ उनले भने । 

प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीले पनि मोबाइल प्रयोगमा बन्देज लगाउनु प्रहरीको उचित कदम नभएको बताए । ‘अहिलेको जमानामा पनि प्रहरी कार्यालय भित्र सेवाग्राहीलाई सुरक्षाको नाममा मोबाईल जस्तो संचारको साधनबाट बञ्चित गराउन खोज्नु प्रहरीको गलत र निन्दनीय कदम हो ।’ उनले भने ‘प्रहरी अधिकारीहरुले तत्काल यो निर्णय सच्याउनुपर्छ ।’ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.