logo

चुनावी प्रचारमा मात्र होईन सामाजिककाममा पनि उक्तिकै सक्रिय छन अन्सारी 

      11/11/2017 गते 00 00 मा प्रकाशित     2129   पटक पढिएको


वीरगन्ज, २५ कार्तिक । उम्मेदवारहरुलाई फूर्सद छैन । नमस्कार गर्दै जनताको घरदैलो चहार्नुमै उम्मेदवारहरुको दिन बितेको छ । तर पर्सामा एउटा यस्ता उम्मेदवार छन । उनी चुनाव प्रचार मात्र हैन सामाजिक काममा पनि त्यतीकै क्रियाशिल छन । चुनावी कामको चापसंगै समय ब्यवस्थापनको चुनौती ति उम्मेदवार संग पनि छ ।

 

तर बहुप्रतिभाका धनी सकारात्मकतामा बिश्वास गर्ने शालीन ब्यक्तिको छवी बनाएका उनी पर्सेली युवाकालागि त “आइडल” हुन मुलुक र मुलुक बाहिरकालागि नेपाली युवाहरुपुगेको ठाउमा पनि उनी त्यतिके रुचाइएका युवा नेता हुन । उनको गतिविधिमा बिदेशीएका युवाहरुले  चासो राख्ने गरेका छन । नेपालका युवा युवतीले उनीलाई जिताउन आग्रह गर्दै पर्सेली युवाहरुलाई सामाजिक संजाबाट अपिल गरिरहेका छन ।

 

ति युवा नेता हुन रहवर अन्सारी ।    बाम गठबन्धनबाट चुनाव क्षेत्र नं १ का े“क”बाट उम्मेदवार बनेका माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी भने चुनावी प्रचार सगै सामाजिक गतिविधिमा पनि सहभागिता हुने गरेका छन् । शनिबार वीरगन्जको माईस्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा आफैं सहभागि भएर उनले रक्तदान गरे । रोट्र्याक्ट क्लब अफ वीरगन्जले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम स्थल माइस्थानमा गएर  अन्सारीले रक्तदान गरेका हुन् ।माइस्थान रहवर अन्सारीको चुनाव क्षेत्र होइन । 

भोट बढ्छ भन्ने ठानेर उनी त्याहा पुगेका पनि होइनन । रक्त अभावमा कसैको ज्यानजानु हुदैन यो सन्देश प्रवाह होस भनेर आफू रक्तदान कार्यक्रममा सहभागि भएको उनको भनाई छ । उनी आफू मात्र सहभागि भएनन उनले उत्प्रेरीत गरेर पार्टीका नेताहरु  हरि मण्डल, अखिल क्रान्तिकारीका रामबाबु मण्डल, नेहा पौडेल, सुरभी मिश्र, सुशान्त मिश्र, उमेश मिश्र, करण कुमार, बैजु प्रजापती, यसोदा सोडारी रक्तदानमा सहभागि हुने बतावरण बनाए  ।  

 

अहिले रक्तसञ्चार केन्द्रमा दिनहु करिब ३०÷४० पोका रगतको माग हुने गरेकोले “सचिन स्मृति“को विशेष अवसर पारेर रेडक्रस सोसाईटी पर्साको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो अयोजक ले जनाए । ४ महिला सहित ५१ जनाले रक्तदान गरेको कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्राबिधिक जितेन्द्र कुशवाहाको टोलीले प्राबिधिक सहयोग गरेको थियो । कार्यक्रमको समन्वय रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष सौरभ शाहको अध्यक्षतामा भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.