logo

निर्वाचनको चन्दाले वीरगन्जका उद्योगी व्यवसायी पीडित

      11/19/2017 गते 00 00 मा प्रकाशित     1519   पटक पढिएको

वीरगन्ज, ३ मंसिर । विभिन्न समयमा विभिन्न किसिमका चन्दा आतंकले पीडित बनेका वीरगन्जका उद्योगी व्यवसायी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि वीरगन्जका उद्योगी व्यवसायीहरु चन्दा आतंकबाट पीडित भएका छन् । 

 आर्थिक तथा औद्योगिक नगरीमा पहिलेदेखि नै बढी चन्दा असुलीको शिकार बन्ने गरेका वीरगन्जका उद्योगी व्यवसायीहरु मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि दलका चन्दाका लागि दलको निशानामा परेका हुन् । हरेक दिन दलका नेताहरुले निर्वाचन खर्चका लागि फोन गर्ने गरेको नाम नछाप्ने शर्तमा एक उद्योगीले बताए । 
     उनले भने, “सशस्त्र भूमिगत समूहले भन्दा पनि बढी चन्दा आतंक हुन थालेको छ । जनताको हित र देशको आर्थिक विकास हुन्छ भनेर गराईने निर्वाचनमा चन्दा आतंकबाट उद्योगी व्यवसायीहरु पीडित हुनुपर्छ भने किन निर्वाचन गराउने ? उनले प्रश्न गरे । चन्दा सहयोग गर्न दबाब बढेपछि कतिपय उद्योगी व्यवसायीहरु वीरगन्जबाट बाहिर जानथालेको ती व्यवसायीको भनाइ छ । 
         निर्वाचनमा उम्मेदवार बनेर जनाधार नभएका उम्मेदवारहरुले निर्वाचन खर्चका लागि चन्दा मागिरहेका छन् । “निर्वाचनमा उम्मेदवार बनेर चन्दा माग्ने अनि त्यहि पैसालाई दूरुपयोग गर्ने गरेका छन्, चन्दा लिएर चुनाव लड्ने भएपछि स्वच्छ निर्वाचन पनि हुन सक्दैन ।” एक उद्योगीले कारोबारसँग भने । चन्दा लिएर जितेकाहरु पनि फर्केर आउदैनन् ।
          वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुलाई पर्साका मात्रै होईन बारा, रौतहटबाट पनि चन्दा सहयोग दिन दबाव आउने गरेको छ । राजनीतिक दलहरुलाई चन्दा दिनुपर्ने दबावले वीरगन्जका उद्योगी व्यवसायीहरु तनावमा रहने गरेका छन् । उम्मेदवारहरुले जित्नको लागि व्यापक खर्च गर्ने गरेका कारण निर्वाचन खर्चिलो हुने गरेको छ । 
           उद्योगी व्यवसायीहरुले चन्दा सहयोगका लागि चेक मार्फत भुत्तानी गर्न खोजेपनि राजनीतिक दलका नेताहरुले चेक लिन नमान्ने गरेको उनीहरुको भनाई छ । चन्दा आतंकले व्यवसायीहरु पीडित भएको गुनासो बढेपछि निर्वाचन आयोगले पनि उम्मेदवारहरुलाई दिईएको चन्दा सहयोग हिसाब गरेर राख्न आग्रह गरेको छ । 
          तर, त्यो हिसाब राख्न राख्न सम्भव नभएको उद्योगी व्यवसायीहरुको भनाई छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्याय भन्छन्, “चन्दा माग्ने त्यस्ता कयौं उम्मेदवारहरु हुन्छन्, बैंकको चेक लिन मान्दैनन् कसरी सम्भव हुन्छ हिसाब राख्न ?” सबै राजनीतिक दलका नेताहरुले चन्दा माग्ने गरेको र लिन आफै नआएर कार्यकर्तालाई पठाउने गरेकोले  हिसाबकिताब राख्नलाई सम्भव नहुने गरेको उपाध्यायको भनाई छ ।    
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.