logo

रेडियो वीरगन्जद्वारा आयोजित कार्यक्रममा ४२ महिला सहित तीनसय २९ जनाद्वारा रक्तदान 

      11/25/2017 गते 00 00 मा प्रकाशित     1419   पटक पढिएको

वीरगन्ज, ९ मंसिर । रेडियो वीरगंज ९९ मेघाहर्जको १५ औं बार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४२ जना महिला सहित तीनसय २९ जनाले रक्तदान गरेका छन् ।

रेडियो परिसरमा शनिबार भएको कार्यक्रमको वीरगंज महानगरपालिकाका प्रमुख  विजय सरावगीले उदघाटन गरेका थिए । रक्तदानमा रेखा साह, इन्दु सर्राफ, रेणु यादव,  सिमा खड्का, प्रियंका साह गोढ, बब्लु अन्सारी,  दुर्गा काफ्ले,  युवराज गौतम, रितेश गिरी, अनिल ठाकुर, अजय केशरी, सनिल साह, विकास राउत, ओम मिश्रा, सुजित साह, शिवशंकर मिश्रा, धिरज कुमरा गुप्ता, नविन कुमार सिंह, तबरेज आलम, अहमद हुसेन, सचिन सुव्वा, सगिर अहमद, सैमुद्दिन अन्सारी, जितेन्द्र राम, अनिल महत्तो, सुवास आले मगर, कृष्ण साह, सागर खड्का, दिपु साह, प्रमोद पटेल, रमेश पण्डितसन्दिप श्रेष्ठ, मुकेश सर्राफ, श्याम साह लगायतकाले रक्तदान गरेका छन् ।

यस्तै कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रदीप जयसवाल, जिराभवानीगाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण प्रसाद चौधरी,  लगायतकाले रक्तदान गरेका थिए  । कार्यक्रममा नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंहको नेतृत्वमा एक टोली नै आएर रक्तदान गरेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी र ब्लड डोनर्स एसोसिएशनको प्राविधिक सहयोगमामा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी  विनोद प्रकाश सिंह, अञ्चल प्रहरी कार्यालय नारा्यणी विरगंजका वरिष्ठ प्रहरी उपरीक्षक सुर्य उपाध्याय,  जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक डा गणेश रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक शान्ति कुमार कार्की, प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा, रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धर, ब्लड डोनर्स एशोसिएशनका अध्यक्ष शत्रुघन नेपाल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, लगायतको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.