logo

लट्री प¥यो भन्दै ठगी गर्ने गिरोह प्रहरीद्वारा पक्राउ 

      12/19/2017 गते 00 00 मा प्रकाशित     1548   पटक पढिएको

बीरगंज ४ पौष .
सामाजिक संजालमार्फत ठगी गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । गिरोहले पर्सा प्रहरीले दोस्रो पटक लट्री परेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको हो । गिरोहले भाइवर,फेसबुक,टवीटर र मोवाइलबाट लाखौको लट्री जित्नु भएको सन्देश पठाउने गरेको थियो ।

 

अव तपाईले कम्पनीको तर्फबाट पुरस्कार पाउनु हुनेछ भन्ने सन्देश गिरोहले पठाउने र  पुरस्कार बापतको कर अग्रिम भूक्तानी गर्नु पर्ने शर्त राख्ने गथ्र्ये । 
    पुस्कार पाउने लोभमा कर बापतको रकम गिरोहले भने अनुसार आइएमई गरेर पठाउदै आएकाहरु मध्यकैले यस्तो सूचना प्रहरीलाई दिएपछि प्रहरीले यस्तो गिरोहलाई पक्राउ गरेको हो ।


    प्रहरीले मंगलवार बिहान बीरगंजको वडा नं ७ पालगल्लीमा रहेको माँ दुर्गा मनी ट्रान्सफरबाट एक जना र अन्य दुई जनालाई नारायणी गेष्टहाउसबाट पक्रेको पर्साका प्रहरी प्रवक्ता डिएसपी राजन लिम्बुले जानकारी दिनु भयो ।

प्रहरीले पक्राउ गरेकोमा  भारत बिहारको  कटिहार जिल्लाको कुजीवाना पंचायत जाजा थाना कदवा वडा नं १३ घर भई हाल दिल्लीमा बस्दै आएका साकिर रेजा  सोही ठाउका मुकेश कुमार राय  र बारा जिल्ला बरियारपुर नगरपालिका वडा नं १ घर हाल बीरगंजमा बसेर रिक्सा चलाउदै आएका फिरोज रायभर रहेका छन ।


    उनीहरुको साथबाट प्रहरीले  २ लाख ४० हजार नेपाली र ५ हजार ४ सय भारतीय रुपिया, फिरोजको नागरिकताको,उनको मतदाता परिचयपत्रको ९०÷९० थान फोटोकपी बिभिन्न  बित्तिय संस्थाका सक्कल भौचरहरु ,भारतीय बैंकका एटिएम कार्डहरु एप्पल र सामसुङका सहित अन्य कम्पनीका गरि ७ थान मोवाइल समेत बरामद गरेको छ । 
    यस अघि पर्सा प्रहरीले सामाजिक संजाल मार्फत बिभिन्न ब्यक्तिहरुलाई लुटेको आरोपमा प्रहरीले  १४ मंसिरमा पनि एउटा गिरोहलाई नै पक्रेको थियो । 


    बीरगंजको वडा नं १५ बसपार्कमा रहेको आइएमई रेमिट अगाडिबाट ६ जनालाई प्रहरीले पक्रेको थियो । त्यतीबेला पक्राउ पर्नेमा एक जना भारतीय र अन्य पाँच जना नेपाली रहेका थिए ।


    प्रहरीले चिठ्ठा परेको भन्दै फोन वा सन्देश आएमा बिना कारण ठुलो रकमको दिने कुरा सत्य नहुने भएकोले प्रलोभनमा पर्न नहुनेमा सचेत हुन आग्रह गरेको छ । कुनै प्रलोभन वा भ्रममा परेर कुनै पनि आइएमइ वा बैंक वा अन्य कुनै बित्तिय संस्था मार्फत रकम उपलब्ध नगराउन जिल्ला प्रहरी कार्यालय पर्साले सबैमा अनुरोध समेत गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.