logo

विपत जोखिम न्यूनिकरणमा जनप्रतिनिधि उदासिन

      12/22/2017 गते 00 00 मा प्रकाशित     1663   पटक पढिएको

वीरगन्ज, ७ पुस । बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणको बारेमा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरु उदाशिन देखिएका छन् ।

बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणमा तयार पारिने योजना सम्बन्धी छलफलका लागि नेपाल रेडक्रस सोसाईटी पर्साले शुक्रबार बोलाएको कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरु अनुपस्थित रहेका थिए । पर्साको तीन वटा स्थानीय तहको चार वटा वडामा नमूना स्वरुप कार्यक्रम संचालन गर्नका लागि आवश्यक तयारी र योजना निर्माणका लागि बोलाईएका जनप्रतिनिधिहरु अधिकांश अनुपस्थित रहेका हुन् ।

युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाईटी पर्साको आयोजनामा रेडक्रस पर्सामा भएको कार्यक्रममा जनप्रतिनिधिहरु अनुपस्थित भएपछि प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले विपद जोखिम न्यूनिकरणमा स्थानीय जनप्रतिनिधिहरुको अनुपस्थिति प्रति असन्तुष्टी व्यक्त गरे ।

उनले विपद जोखिम न्यूनिकरणका लागि जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने भएपनि  कार्यक्रमको तयारीका लागि नै अनुपस्थित भएपछि असन्तुष्टी व्यक्त गरेका हुन् । उनले विभिन्न समयमा आउने दैवी प्रकोपबाट आईपर्ने विपद जोखिममा सबैभन्दा बढी बालबालिका, महिला, अपांग र वृद्धवृद्धाहरु नै पर्ने भएकोले यस्तो जोखिम न्यूनिकरणका लागि नवनिर्वाचित जनप्रतिनिधिहरुले गम्भीर भएर योजना तर्जुमा गरी जानुपर्ने बताए ।

उनले भने, “यसअघि राजनीतिक नारा र भाषणमा मात्रै सीमित रहेकोमा अब जनप्रतिनिधि निर्वाचित भएका छन्, उनीहरुले काम गरेर देखाउने बेला आएको छ ।” योजना तयारीका लागि बोलाईएको छलफलमा नै अनुपस्थित हुनुले बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणको सवालमा जनप्रतिनिधि गम्भीर नदेखिएको प्रजिअ सिंहले बताए ।

राजनीतिक नारा र भोटका लागि गरिने भावनात्मक भाषणले मात्रै नहुने भन्दै अब जनतालाई काम गरेर देखाउने समय आएको बताए । नेपाल रेडक्रस सोसाईटी पर्साका शाखाका सभापति फूल महम्मद मियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा कार्यक्रमका संयोजक उमेश मिश्रले प्रकाश पारेका थिए ।

रेडक्रस पर्साका प्रशासकीय अधिकृत उदयराज शर्माले संचालन गरेको उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुधन नेपाल, कार्यक्रम संचालन हुने स्थानीय तहहरु जगरनाथपुर गाउँपालिकाको वडा नम्बर १ पिडारी, पर्सागढी नगरपालिकाको वडा नम्बर ८ र ९ र विन्दवासिनी गाउँपालिकाको वडा नम्बर ३ को झौवागुठीका सचिव र जनप्रतिनिधि तथा रेडक्रस पर्सा शाखाका पदाधिकारीहरुको पनि उपस्थिति रहेको रेडक्रस पर्साका कार्यालय सहायक राजन श्रीवास्तवले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.