logo

मानव अधिकार वर्षपुस्तकको वार्षिक समिक्षा सम्पन्न

      12/28/2017 गते 00 00 मा प्रकाशित     1626   पटक पढिएको


बीरगंज १४ पुष । नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ कालागि पर्सा जिल्लामा भएका मानव अधिकार उल्लंघन सम्बन्धी घटनाको बिषयमा पूर्व वार्षिक समिक्षा गोष्ठी शुक्रवार पुष १४ गते बीरगंजको होटेल कुमु प्यालेसमा सम्पन्न भएको छ । गोष्ठीमा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले १०१७ को जनवरी देखी डिसेम्बर सम्मका घटनाहरुका बिषयमा प्रकाश पारेका थिए ।

१२ महिनाको अवधीमा हत्याका ६ ,मानव बेचबिखनका २ बलात्कार प्रयास ६ बलात्कारका ११ बहुबिवाह २, शरीर बन्धक तथा अपहरणका १ कथित बोक्सी आरोपमा प्रताडना २ घटनाहरु दर्ज भएको बताएका थिए । जिल्लामा बलात्कारका घटनाहरुमा १५ वर्ष भन्दा कम उमेरका वालिकाहरु पीडित भएको उनले बताए ।

बेचबिखनमा रोजगारको खोजीमा रहेका युवा महिलाहरु पर्ने गरेको उनले बताए । उनले घरेलुहिंसा बढदै गएर हत्यामा पुगेका घटनाहरु प्रकाशमा आएको बताए । कार्यक्रममा अधिवक्ता कमल मोहन पोख्रेलले मानव अधिकार उल्लंघनाका घटनाहरु राज्यका संयन्त्रमा दर्ता भएभन्दा बढी रहेको चर्चा गरे ।

उनले त्यस्ता घटनाहरु वर्ष पुस्तककमा अभिलेखीकरण गर्नकालागि इन्सेकले आफनो क्षमता बढाउनु पर्नेमा जोड दिए ।  

उनले केटा केटी भागी बिवाह गरेको घटनामा अभिभावकलाई गैर कानूनी थुनामा राख्ने गरिएको प्रति असन्तोष ब्यक्त गरे । उनले पितृत्वको ठेगान नलागेको वालवालिकाको पालन पोषणमा राज्य गैर जिम्मेवार देखिएकोले वाल अधिकारको उल्लंघन भएको चर्चा गरे ।

उनले नागरिकको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार उपभोगको अवस्था निर्माणमा साधक हुनु पर्ने राज्यनै बाधक भएर देखा परेको बताए ।

अधिकारको उपभोगको बतावरण बनाउनुको साटो राज्यले बनाएका प्रक्रियाहरुले झन बाधा सृजना गरेको उनको भनाई छ । उनले बलात्कारका घटनाहरु कतियप अवस्थामा बदला लिने मनोबिज्ञानबाट प्रेरीत हुने देखिएकोले राम्रो अनुसन्धान हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पर्साका एसपी डा.गणेश रेग्मीले  नागरिकको मानव अधिकार रक्षा गर्न पर्सा प्रहरी कटीवद्ध रहेको बताए । शून्य सहनशीलता ,नो भ्रष्टाचार र मानव अधिकारको रक्षा पर्सा प्रहरीको महत्वपूर्ण अभियान रहेको उनको भनाई थियो ।

राज्यको फ्रन्टलाईनमा बसेर जनताको जीउधनको सुरक्षामा लागेको प्रहरीसंग मानव अधिकार रक्षा गर्ने दायीत्व पनि त्यतीकै रहेको उनले बताए । उनले प्रहरीको ब्यवहारबाट मानव अधिकार रक्षा हुनु पर्ने बताए । उनले  महिलासंग सम्बन्धीत बिषयलाई सम्बेदनशील रुपमा हेर्ने र छिटो सेवा दिने गरिएको बताए ।

उनले प्रहरी कार्यालयमा महिला सेवाग्राहीहरु प्रति ठिक ब्यवहार नभएको गुनसो महिला अधिकारकर्मी र संचारकर्मीले गरेका थिए । गुनासोको बिषयमा जवाफ दिदै डा रेग्मीले प्रहरी कार्यालयलाई महिला मैत्री बनाउने र फरार आरोपीहरुलाई कानूनको दायरमा ल्याई छाडने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी ,सचिव युवराज खडका नेपाल मानव अधिकार  संगठन पर्साका सचिव शिवनाथ यादव सामाजिक अभियान्ता प्रकाश थारु पत्रकारहरु बिजय भण्डारी सुरेश बिडारी रितेश त्रिपाठी ,कविता खडका,आरके पटेल प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष निरज पिठाकोटे लगायतले आफनो मन्तब्य ब्यक्त गरेका थिए ।

उनीहरुले इन्सेकले वर्षपुस्तकले  समिक्षा गरेर राम्रो काम गर्ने गरेको बताए । मानव अधिकारका बिषयमाहरुमा जिम्मेवार निकायसंग छलफल हुने गरि इन्सेकले छलफल गर्ने गरेकोमा सहभागीहरुले प्रशंसा गरेका थिए । वर्षभरि संकलन गरिएका मानअ अधिकार उल्लंघन सम्बन्धी घटनाको पुष्टी कमजारीहरु सच्याउने उद्धेश्यले वर्षपुस्तक प्रकाशन पूर्व नै इन्सेकले समिक्षा गर्दै आएको छ ।

कार्यक्रम जिल्ला स्तरीय मानव अधिकार निगरानी समुहका संयोजक तवरेज अहमदको अध्यक्षतामा भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.