logo

मगर पुरोहित ‘वाप्पा’ को सात दिने तालिम सम्पन्न 

      1/6/2018 गते 00 00 मा प्रकाशित     2152   पटक पढिएको


वीरगन्ज, २२ पुस । नेपाल मगर बौद समाज सेवाले आयोजना गरेको सात दिने मगर पुरोहित ‘वाप्पा’ तालिम शनिवार सम्पन्न भएको छ । मकवानपुरको हेटौडामा पुस १५ गतेदेखि भएको तालिममा चितवन धादिङ मकवानपुर ३१ जना मगरहरु तालिममा सहभागी भएका थिए ।

 

तालिममा नेपाल मगर बुद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष देउ बहादुर राना र बल बहादुर पल्ली मगरले प्रशिक्षण दिएको नेपाल मगर संघ मकवानपुरका जिल्ला सचिव रामकुमार थापा मगरले जानकारी दिए । शनिवार आयोजित समापन समारोहमां मुख्य प्रशिक्षक नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष देउ बहादुर राना मगर,   नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगर, नेपाल मगर संघका केन्द्रीय सल्लाहाकार विश्व आले मगर, नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगर, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मकवानपुरका जिल्ला अध्यक्ष तीर्थ बहादुर थापा, नेपाल मगर संघ मकवानपुरका जिल्ला अध्यक्ष शंकर थापा मगर, नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य उर्मिला राना मगर लगायतको सहभागिता रहेको थियो ।

 

यसैबीच शनिवार नै नेपाल मगर बौद्ध सेवा समाजको मवानपुर समिति पनि गठन गरिएको छ । समाजको प्रथम अधिवेशनले ज्ञान बहादुर कालीकोटे मगरको अध्यक्षतामा एकजना महिला र दुईजना पुरुषलाई पछि मनोनित गर्ने गरी १३ सदस्यीय समिति गठन गरेको हो । समाजको उपाध्यक्षमा अकबर ठाडा मगर, सचिवमा राजु दर्लामी मगर र कोषाध्यक्ष इन्द्र बहादुर आले मगर लगायत रहेको मगर संघका सचिव थापाले जानकारी गराए । मगर बौद्ध सेवा समाज मकवानपुर तदर्थ समितिका अध्यक्ष शान्तध्वज राना मगरको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.