logo

माघी (खिचडी) पर्व यसबर्ष पनि पर्सामा भव्य रुपमा मनाउने

      1/13/2018 गते 00 00 मा प्रकाशित     1973   पटक पढिएको

वीरगन्ज, २९ पुस । थारुहरु समुदायले मनाउने माघी (खिचडी) पर्व यसबर्ष पनि पर्सामा भव्य रुपमा मनाउने भएका छन । हरेक बर्ष मनाउदै आएको थारुहरुको सांस्कृतिक पर्व माघी (खिचडी) यसबर्ष पनि भव्य रुपमा मनाउने तयारी गरेको हो ।

माघी मूल समारोह समितिको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साको संयोजनामा आज होटल कुमु प्यालेसमा पत्रकार सम्मेलन गरेर पर्सामा रहेका थारु समुदायका विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा माघी पर्व मनाउन लागेको जानकारी दिएको हो ।

माघीको लागि सम्पूर्ण तयारीहरु भएको र यसबीचमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी गराएको छ । विगतका बर्षहरुमा माघी पर्वलाई थारुहरुले अधिकारको आन्दोलनको रुपमा मनाउदै आएकोमा यसबर्ष भने वीरगन्जलाई राजधानी बनाउने आन्दोलनको समर्थन गर्दै पर्सामा भव्य रुपमा मनाउने भएको छ ।

पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी दिदैं मेलमिलाप थारु परिवार पर्साका अध्यक्ष मनोज चौधरीले थारुहरुको सांस्कृतिक पहिचान र मानव जीवन रक्षाको लागि भोली बिहान रक्तदान कार्यक्रम तथा साँझ ६ बजे दीप प्रज्जवलन कार्यक्रम रहेको जानकारी दिए ।

त्यस्तै माघ १ गते वीरगन्जको घण्टाघरबाट थारु भेषभूषा र झाँकी सहितको ¥याली वीरगन्जको स्वीमिङ्गपुलमा पुगेर भव्य समारोहको आयोजना गरी सम्पन्न हुने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभा पर्साका कार्यवाहक अध्यक्ष नन्दकिशोर पंजियारले थारुहरु विभिन्न आन्दोलनमा संलग्न रहेपनि अहिले सम्म राज्यको विभेदमा परिरहेको र थारुको आफ्नो छुट्टै पहिचान भएपनि विभिन्न आन्दोलनमा थारुलाई मधेसी भनिएको प्रति आपत्ति जनाए ।

माघी (खिचडी) मा थारु समुदायमा नाचिने, समाचकेवा, घाटो, झम्टा, थारुपूर्वी नाच मुख्य आकर्षण रहने प्रमुख अतिथि माघी मूल समारोह समितिका संयोजक परमानन्द चौधरी थारुले जानकारी दिए । त्यस्तै थारु परिकारहरुमा घोंगी, कैकरा, माछा, परेवा, हाँस, कुखुरा, चिचर, लाही, तील आदि पनि राखिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

कार्यक्रममा माघी पर्व आयोजक मूल समारोह समितिका प्रचार प्रसार संयोजक एवं सामाजिक अभियन्ता प्रकाश थारु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव नीरज पिठाकोटे लगायतको पनि उपस्थिति रहेको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका उपाध्यक्ष जगत राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत पुनम चौधरीले गरेकी थिईन् भने, संचालन विजया ओझैयाले गरेकी थिईन् ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.