logo

थारु समुदायले भब्य रुपमा मनाए माघी महोत्सव (तस्विरहरु सहित)

      1/15/2018 गते 00 00 मा प्रकाशित     2059   पटक पढिएको


माघ १ बीरगंज । सोमबार वीरगञ्जमा  थारु समुदायले भब्यरुपमा माघी महोत्सव सम्पन्न गरेका छन । थारुहरुको नयाँ वर्ष थारु संवत २६४२ तथा माघेसंक्रन्तीको अवसर पारेर वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा माघी महोत्सव गरिएको थियो ।
 

माघी मूल समारोह समिति पर्साको आयोजनामा भएको कार्यक्रममा थारुहरुको साँस्कृतिक पर्व विाह गीत,घाटो ,समाचकेवा सहित अन्य सास्कृतिक प्रर्दशनी गरिएको थियो । महोत्सव स्थलमा थारु खाना माछा,हाँस कुखुरा माछाको सुकुटी चेचर गगटा परिकारहरुको स्टलसमेत राखिएको थियो ।
 

माघी महोत्सवको अवसर पारेर महोत्सव स्थलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन । महोत्सवमा पर्सा जिल्लाको स्थानीय तह  प्रादेशीक र केन्द्रीय संसदमा निर्वाचित थारु जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।


महोत्सवका प्रमुख अतिथि शिक्षा प्रेमी ब्रहमा महतो थारुले र भारत बिहारको पश्चिमी चम्पारण जिल्लाका थारु अगुवा शैलेन्द्र गढवालले उनीहरुलाई सम्मान पत्र दिइ दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रदेश सभा ४ को १ का प्रदेशसभा सदस्य शंकर चौधरी पटेर्वा गाउँपालिकाका प्रमुख हरिनारायण चौधरी उपप्रमुख ममता महतो थारु, पर्सागढी नगरपालिकाका उपमेयर अर्चना चौधरी,सखुवा प्रसौनी गाउँपालिकाका उपप्रमुख फूलमती देवी थारु जिरा भवानी गाउँपालिका अध्यक्ष रामप्रित चौधरी उपाध्यक्ष उषा चौधरी लगायत सबै निर्वाचित थारु जनप्रतिनिधिहरु सम्मानीत भएका हुन ।

त्यसै गरि सामाजिक क्षेत्रमा योगदान पु¥याएका सामाजिक अभियान्ता प्रकाश थारु लगायत थारु समाजका अन्य अगुवाहरुलाई पनि सम्मान गरिएको थियो ।

नेपालको एकिकरणमा योगदान पु¥याएको थारुसमुदाय अन्य कुनै समुदाय भन्दा बढी राष्ट्रवादी भएको वक्ताहरुले बताए । नेपाल निर्माण र नेपाली भूमीको रक्षामा योगदान पु¥याएको थारु समुदायलाई राजनीतिको मुल प्रवाहमा जोडनु पर्नेमा वक्ताहरुले जोड दिए । थारु अगुवाहरुले आदिवासी जनजाति थारु समुदायको हक अधिकार अझै सुनिश्चित हुन नसकेको बताएका छन् ।
 

त्यसका लागि राज्यलाई अझै दबाव दिनुपर्ने आवश्यकता रहेको उनीहरुको भनाइ छ । महोत्सवमा आयोजना गरिएको रक्तदानमा एक सय एक जनाले रक्तदान गरे ।

महोत्सवमा ब्रहमा महतो दास थारु प्रदेश सभा सदस्य शंकर चौधरी भारतीय थारु अगुवा शैलेन्द्र  गढवाल,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,पूर्व अध्यक्ष के.सी.लामिछाने,आदीवासी जनजाती पत्रकार महासंघका सचिव निरज पिठाकोटे, पटेर्वा गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी उपाध्यक्ष ममता महतो थारु,पर्सागढी नगरपालिकाको उपप्रमुख अर्चना चौधरी वडा नं २ का सदस्य बेदमन दास थारु मुल समारोह समितिका मनोज चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

मुल समारोह समितिका अध्यक्ष परमानन्द चौधरीको अध्यक्षतामा भएको महोत्सवको संचालन बिजया औझैया र पूनम चौधरीले गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.