logo

समाजकालागि उदाहरणीय बन्योे हसुवाको दाइजो बिहिन आदर्श बिवाह 

      2/28/2018 गते 00 00 मा प्रकाशित     2501   पटक पढिएको

वीरगन्ज, १६ फागुन । 

बुधवार पर्साको विन्दवासिनी गाउँपालिकाको हसुवामा रहेको रामजानकी मन्दिरमा एक आदर्श विवाह सम्पन्न भयो । 


बेहुला थिए बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का देवकी महतो केवटका २५ बर्षीय छोरा सुनिल महतो केवट ।

 

बेहुली थिइन पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ हसुवाका किशोरी सहनीकी १८ बर्षीया छोरी मीना कुमारी । 


बिवाह  मन्दीरमा सादगीपूर्ण भयो । भोज भत्तेर पनि गरिएन । मधेशी समाजमा यो बिवाह एक महत्वपूर्ण कदम थियो ।


वाल बिवाह र दाइजो प्रथाले थिलथिलो भएको समाजलाई  एउटा गतिलो उदाहरण पनि ।

दाईजो विना नै विवाह गरेका सुनिलका परिवार पनि खुशी छन् । मधेसी समुदायमा दाइजो बिनाको बिवाह दुर्लभ नै हुन्छ ।

दाइजो रुपमा नगद कति जिन्सीमा के के पाइयो भन्ने कुरा इज्जत प्रतिष्ठासंग जोडिने भएकोले समाजमा सबैको नजर दाइजो प्रति केन्द्रीत हुन्छ । बेहुलाले दाइजो नलिने आदर्श कुरा ग¥यो भने परिवारकै सदस्यहरु असन्तुष्ट हुन्छन । तर यो बिवाहमा दुबै घर परिवार खुशी देखिए ।

 

दाईजो नलिई विवाह गरेपनि सुनिलको परिवार खुशी रहेको उनका दाजु अनिलले बताए । उनले भने, उनीहरु खुशी हुनु नै हाम्रो खुशी हो । 

 

दाईजो र भोजभतेर नगरी विवाह गरेर समाजलाई उदाहरणीय परिवार बनेर देखाएको सामाजिक अभियन्ताहरुले बताएका छन् । बालविवाह, दाईजो प्रथा, उमेर नपुगी गरिदिने विवाहका कारण तराई मधेसका महिलाहरु पीडित भईरहेका छन् ।

 

सुनिल र मीनाले गरेको उदाहरणीय र प्रशंसायोग्य विवाहले दाईजो प्रथाले जरो गाडेर बसेको मधेस तराईका समाजलाई भने गतिलो जवाफ दिएको छ ।

उनीहरुको यस्तो प्रेरणादायी कार्यले सामाजका अन्य व्यक्ति र परिवारहरुका लागि पनि प्रेरणा बन्न सक्छ । वीरगन्जका सामाजिक अभियन्ता प्रकाश थारु सुनिल र मीनाको साहशिक कामले आपूmहरुको अभियानलाई थप उपलब्धीपूर्ण बनाएको बताउछन् ।

 

सुनिल र मीना जस्ता युवाहरुको सहयोगले नै भोलिका दिनमा मधेसलाई दहेजमुक्त र वालविवाहमुक्त बनाउन सक्छौं, उनले भने । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.