logo

गिनीजबुकमा रेकर्ड राख्ने गरि टुडिँखेलमा रक्तदान कार्यक्रमको आयोजना हुने

      3/3/2018 गते 00 00 मा प्रकाशित     1551   पटक पढिएको

काठमाण्डौ १९ फागुन । 
गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि यहि फागुन २४ गते काठमाण्डौमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । लायन्स कल्व अफ काठमाण्डौ नेपाल र लायन्स कल्व काठमाण्डौ हिमचुलीको संयुक्त आयोजनामा हुने बृहत्त रक्तदान कार्यक्रममा करीव ३ हजारले  रक्तदान गर्ने अनुमान गरिएको कार्यक्रमका सञ्चार संयोजक सुदिपचन्द्र बख्रेलले बताए ।

 

विश्व रेकर्डका साथै रक्तदानसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बख्रेलले बताए  । कार्यक्रमबारे यसअघि रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको थियो ।

 

पत्रकार सम्मेलनमा लायन्स क्लब अफ काठमाडौं नेपालका अध्यक्ष अखिल श्रेष्ठले नेपालको स्वास्थ संस्थामा बिध्यमान रगतको कमीलाई परिपूर्ति गर्न र नेपाललाई विश्वसामु चिनाउनको लागि कार्यक्रम गर्न लागिएको बताएका थिए ।

 

उनले भने हामीले यो कार्यक्रम फागुन २४ गते राजधानीको टुडिँखेलमा आयोजना गर्दैछौँ, कार्यक्रममा करिब ३ हजार रक्तदाताहरुको उपस्थिति हुने अपेक्षा राखेका छौँ, बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुनेछ, १८ वर्ष पुगेका देखि ५५ वर्षसम्मका व्यक्तिले रक्तदान गर्न सक्नने उनले बताए । ’

 

लायन्सको ३२५ नेपाल मल्टिपल काउन्सिलका अध्यक्ष बालकृष्ण बुर्लाकोटीले सम्पूर्ण लायन्स क्लबले यस कार्यक्रमलाई सम्पन्न गनको लागि साथ दिने वचनबद्धता गरेका छन् ।

 


कार्यक्रममा ब्लड डोर्नस एशोसियसनका केन्द्रिय सचिव सुर्यलाल महर्जन, लायन्सका गर्भनर डि.आर. खनाल, त्यस्तै उपाध्यक्ष अनुप पहरी, हिसानका केन्द्रिय सचिव रामहरी सिलवाल, रोकर्याक्टका द्धारिका भट्टराई, जेसिसका राष्ट्रिय उपाध्यक्ष रविन पोखरेल लगायतले उक्त कार्यक्रमको सफलताको लागि आफ्ना संस्थाको सहभागिता रहने जानकारी गराएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.