logo

पाँचदिने फोटोग्राफी तालिम सम्पन्न

      3/24/2018 गते 00 00 मा प्रकाशित     1350   पटक पढिएको

वीरगंज, चैत्र १०

 वीरगंजमा चलिरहेको पाँचदिने ‘आधारभुत फोटोग्राफी कार्यशाला’ शनिबार सम्पन्न भएको छ । सृजनशील युवाहरुको समुह संस्कृतिले आयोजना गरेको निशुल्क कार्यशालामा २२ जना युवा तथा युवतिहरुले प्रशिक्षण लिएका छन् । 

 

समापन कार्यक्रममा पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारले सहभागिहरुलाई प्रमाणपत्र दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका साँसद रौनियारले आजको युगमा तस्विरको धेरै महत्व भएको फोटोग्राफी सम्बन्धि जानकारी दिन आयोजित कार्यशालापछि सहभागिहरुले त्यसको सद्उपयोग गर्ने बिश्वास जनाए । 

 

कार्यशालामा महिलाको उल्लेखनीय उपस्थिति उत्साहप्रद लागेको उनले बताए । महिलाहरु मुलधार पत्रकारिता पेशामा लाग्न आग्रह समेत उनले गरे । रौनियारले यसक्षेत्रमा चुनैतिसंगै अवसरहरु पनि भएकाले त्यसलाई पहिचान गरी अगाडि बढ्न सक्नु पर्ने बताउदै यस्ता कार्यशालाहरुले मधेसका युवाहरुको क्षमता अभिवृद्धि गर्ने भएको हुनाले निरन्तरताका लागि आयोजक संस्थासंग अनुरोध समेत गरे । 

 

वीरगंज महानगरपालिका, पप्पु कन्ष्ट्रकसन, कोशिश फाउन्डेसन नेपाल, सिमा इट्टा उद्योग, वीरगंज उधोग वाणिज्य संघ, मोहित ग्रुप नेपाल, कलस मिलक इण्डस्ट्रिज र संघीय प्रेस फोरम पर्सा लगायत संघ–संस्थाहरुको सहयोगमा आयोजना गरिएको फोटोग्राफी कार्यशालामा विभिन्न संचार माध्यमसंग आबद्ध पत्रकार तथा फोटोग्राफी सिक्न इच्छुक ब्यक्तिहरुको सहभागिता रहेका थियो । यसमा ६ महिला थिए । 

 

कार्यक्रममा नारायणी अञ्चलका प्रहरी बरिष्ठ उपरीक्षक सुर्य उपाध्याय, पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मी, संघीय प्रेस फोरमका सल्लाहकार विजय कुशवाह, प्रेस फोरमका पर्सा जिल्ला अध्यक्ष आर.के पटेल, रितेश त्रिपाठी, विजय चौहान लगायतले कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिंदै भविष्यमा थप यस्ता कार्यक्रमहरु गर्न आग्रह समेत गरेका थिए । 

 

संस्थाकी अध्यक्ष शैली चौधरीको अध्यक्षतामा समपन्न कार्यक्रमका प्रमुख प्रशिक्षक किशोर शर्माले फोटोग्राफीले पत्रकारितामा प्राण दिने काम गरेकोले सिकेका कुरा व्यवहारमा ल्याउनुपर्ने बताएका थिए । सहजीकरण आशु सर्राफले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.