logo

जर्वजस्तीकरणीका अभियूक्तहरु कसैले उन्मुक्ति पाउदैनन - प्रबउ उपाध्याय

      3/28/2018 गते 00 00 मा प्रकाशित     1475   पटक पढिएको

कलैया १४ चैत ।
संघीय प्रहरी इकाई बरिष्ठ प्रहरी उपरीक्षक सुर्य प्रसाद उपाध्यायले नेपाल प्रहरीले महिला हिसा न्यूनीकरण लाई प्राथमिकता दिएर कार्य योजनामा राखेको बताएका छन् ।

 

 जिला प्रहरी कार्यलय बारा, महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बुधबार कलैया आयोजित जबर्जस्ती करणी अपराध नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रममा उनले यस्तो बताएका हुन ।

 

जबर्जस्ती करणी जघन्य अपराध भएकोले यसबाट कुनै पनि अपराधीले उन्मुक्ति नपाउने उनले बताए । जबर्जस्ती करणी अपराधको घटनालाई समाजमा ढाकछोप गरि पैसाको चलखेल हुने गरेकोले त्यस्ता कार्यमा संलग्न सबै जना कानुनको नजरमा अपराधी भएको उनले बताए ।

 

अशिक्षित समुदाय, बिपन्न बर्गलाई समेत  जबर्जस्ती करणी समाजिक अपराध हो भनेर जनचेतना जगाउनु पर्नेमा प्रहरी बरिष्ठ उपरीक्षक उपाध्यायले जोड दिए ।

 

जबर्जस्ती करणी घटना हुनु भन्दा अगाडि नै यसको रोकथाममा  हामी सबै जुटनु पर्ने ,त्यसका लागी अन्तर्कृया कार्यक्रम ,यौनजन्य हिंसा नियन्त्रण कार्यक्रम गाउघरमा चलाउनु पर्नेमा उनले जोड दिए  । जिला प्रहरी कार्यलय बारा बाट निकालियको जनचेतनामूलक ¥याली कलैया बजार परिक्रमा गरि भरत चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

  कार्यक्रम लाई समबोधन गर्दै बाराको सहायक प्रमुख जिला अधिकारी मुकेश कुमार केशरीले  जबर्जस्ती करणीको घटना वैदेशिक रोजगार ,समाजिक सजालमा लेनदेनको कारण  बढेको बताए  ।

 

जबर्जस्ती करणीको घटनालाई न्यूनीकरण गर्न नागरिक समाज ,बिभिन्न संघ सस्था ,नेपाल प्रहरी सबैको साझा दायित्व भएको उनले बताए । जनचेतनामूलक कार्यक्रममा  बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवार महिला अधिकारकर्मी बबिता जैसवाल ,नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास ,सामुदायिक प्रहरीका जगबहादुर यादव ,हरिओम कुशवाहा ,चुमनबाबु केवट ,लगायतले  आफ्नो मन्तव्य राखेका थिए ।कार्यक्रम को सचालन प्रहरी निरिक्षक दिपक गुप्ताले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.