logo

छोरी हत्याको अरोपमा आमा बुवा गिरफ्तार

      3/29/2018 गते 00 00 मा प्रकाशित     1010   पटक पढिएको

बीरगंज १५ चैत ।
१६ वर्षिया छोरी नेहा वर्णवालको हत्या गरेको अरोपमा पर्सा प्रहरीले चैत १४ गते  वीरगंज महानगरपालिका वडा नं . १५ भिषूवा निवासी ४९ वर्षीय सत्यनारायण वर्णवाल र ३० वर्षीय गीता कुमारी वर्णवाललाई गिरफतार गरेको छ ।

 

उनीहरुलाई १५ गते प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनीक गरेको हो ।प्रहरी अनुसार फागुन १३ गते वर्णवाल दम्पतिले छोरी नेहाको हत्या गरी भारतमा लगेर सतगद गरेका थिए ।

 

हत्या गरेपछि छिमेकीलाई  चाल नदिइकन बीरगंजको रानीघाटमा लगेका थिए । रानीघाट बीरगंजको प्रसिद्ध शमशासनघाट पनि हो । बर्णवाल दम्पतीले सोही ठाउमा भारतीय एम्बुलेन्स गाडीमा राखी छोरीको शव भारत रक्सौलमा पु¥याई शव जलाउन लगाएका थिए ।

 

एक जनालाई ६ हजार रुपैया भूक्तानी दिएर शव जलाउन लगाएको अनुसन्धानको क्रममा खुलेको पर्साका एसपी डा.गणेश रेग्मीले बताए  ।  

छरछिमेकका व्यक्तिहरुले छोरीको बारेमा सोधपुछ गर्दा नेहा भारतमा  फुपूको घर गएको वर्णवाल दम्पतीले बताउने गरेका थिए । धेरै दिन पछि पनि नेहा घर नफर्के पछि स्थानीयवासीले चैत १३ गते प्रहरीलाई नेहा नभएको कुरा सूचना दिदै अनुसन्धान गष्र्न आग्रह गरेपछि  प्रहरीले नेहाका आमा बुवालाई पक्राउ गरेको हो ।

नेहा सत्यनारायणको जेठी श्रीमती मन्जु देवी वर्णवालको सन्तान थिइन । २०६० सालमा स्टोभ पड्की जली घाईते भएकी मन्जुको काठमाडौँ स्थित टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि सत्यनारायणले बहुदरमाई नगरपालिका भौराटार वडा नं .७ घर भएकी गिता देवीसंग २०६१ सालमा विवाह गरेका थिए ।

 

नेहा र उनका भाई निरज कुमार वर्णवाल सत्यनारायणको पहिलो श्रीमती मन्जुका सन्तान थिए । सत्यनारायणको दोश्री श्रीमती गीता देवीबाट पनि पनि दुई सन्तानको जायजन्म भएको छ ।

 

प्रहरी अनुसार गीताले सौतेनी छोरी नेहालाई दिनहुं गाली गलौज र शारीरिक यातना समेत दिने गरेकी थीइन । उनैले दिएको यातानको कारण नेहाको हत्या भएको आशंकामा प्रहरीले श्रीमान श्रीमतीलाई पक्राउ गरि अनुसन्धान शुरु गरेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.