logo

वार्डअध्यक्षको नेतृत्वमा झिसमिसेमै निस्कन्छ गस्तीटोली अनि हुन्छ ठाउँका ठाउँ कारवाही

      3/29/2018 गते 00 00 मा प्रकाशित     1439   पटक पढिएको

बीरगंज १६ चैत । बिहानको झिसमिसेमै बिभिन्न समुहमा बिभाजीत ५० जना गाउँ छेउको खेत र नदि छेउमा पुग्छन ।

 

उनीहरुको साथमा सिठी,पहेलो झण्डा  साउण्डबक्स टर्च लगायतका सामाग्री पनि हुन्छन । खेत र चौरको गस्तीमा हिडेको यो समुहका कारण खुला स्थानमा शौच गर्नेहरुमा भागाभाग हुन्छ ।

 

मानौ खुला स्थानमा शौच गर्नेहरु अपराधी हुन त्यो अपराध नियन्त्रण गर्न बन्दोबस्तीका सामान सहित गस्ती परिचालीत भएको छ । बिहानको झिसमिसे र बेलुकाको समयमा टोलीले खुला ठाउँमा शौच गर्न नदिने गरि गस्ती हुन्छ ।

 

   यस्तो दृश्य अहिले पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं ४ साविकको लखनपुरको एक्डेरवाको एक्डेरवा टोलमा देख्न पाइन्छ । ५० जनाको लाई चार वटा समुहमा बिभाजन गरि परिचालन गरिन्छ । लैङ्गिक रुपमा पनि त्यसको सम्बेदनशिलतालाई पनि ख्याल गरिएको हुन्छ  ।खुला ठाउमा शौच गर्ने महिलाहरुको क्षेत्रमा महिला नै परिचालन भएका हुन्छन । 

 


गस्तीटोलीको कमाण्ड स्वयं वार्डका अध्यक्ष लाल बहादुर यादवले गर्ने गरेका छन । उनीसंगै वार्ड सदस्यहरु,ग्रामीण महिला स्वास्थ्य स्वंय सेविकाहरु,नागरिक समाजका अगुवा बालक्लवका पदाधिकारी सदस्यहरु र सामाजिक कार्यकर्ताहरु रहेका हुन्छन ।

 

अजकल बिहान बेलुकाको गस्ती उनीहरुको दैनीकी बनेको छ । जिल्लाका ४२ वटा वडा (साविकका गाविस )हरु खुला दिशामुक्त घोषणा गरिएका छन । गस्तीमा भएकाहरुले ठाउँका ठाउँ खुला ठाउमा शौच गर्न आउनेहरुलाई परामर्श दिने गरेका छन । खुला ठाउमा शौच नगर्न दवाव सृजना गर्छन । जसले गर्दा सामाजिक लज्जा हुने र ब्यक्तिको प्रतिष्ठामा समेत आँच आउने भएकोले  चर्पी निर्माण हुन थालेको पाइएको छ ।  
    पहिला सरसफाईका बिषयमा अभियान चलाउदा खासै प्रगती नभएको वार्ड अध्यक्ष लाल बहादुर यादवको अनुभव छ । तर अहिले बिहानबेलुका नै गस्तीगर्न थालेपछि परिणाममै प्रगती देखिन थालेको यादव बताउनुहुन्छ ।

 

एक हप्तामा ३ सय ७५ वटा चर्पी निर्माण भएको देखेर अध्यक्ष यादव नै दंग पर्नु भएको छ । बाहिर शौच गर्न दिइदैन त्यसपछि त चर्पी बनाउन त बाध्यता नै हुने भयो अध्यक्ष यादवले भन्नु भयो एकले गरेको देखासिकी अर्कोले पनि निर्माण गर्न थालेपछि यस्तो प्रगती भएको हो ।

 

स्थानीयले गस्ती टोलीलाई बिभिन्न आरोप  नलगाएका होइनन बिभिन्न खाले धम्की पनि दिएकै छन । महिला गस्तीटोलीमा सहभागाी स्वास्थ्य स्वयंसेविका पार्वतीदेवीको पनि तितो अनुभव छ । उनलाई खुला ठाउमा शौच जाने महिलाहरुलेनै  एनजिओको दलाली गरेको आरोप लगाउछन । टोलीसंग घुमे वापत तिमीले त पैसा पाउछौ हामीले के पाउछौ र ? भनेर प्रश्न गर्ने गरेको उहाँले सुनाउनु भयो । एक जना दिदीले भजालोले हानैर गस्ती नआउन समेत चेतावनी दिएको उहाँले सम्झिनु भयो । कतिपय युवाहरुलाई स्थानीयले निकृष्ट खालको बचन प्रयोग गर्ने गरेका छन ।

 

चर्पी बनाउन आग्रह गर्दा “तेरो बाउले दिन्छ ?” भन्ने जस्ता बचनहरु सुन्नु परेको अनुभव छ जिल्लाजीत राउत गद्धीको । एक जनाले त अव उप्रान्त गस्तीटोली आए भालाले रोपीदिने धम्की समेत दिए  । यस्तो धम्की ,हेपाई,घृणायुक्त बचन सबै सहेरै भएपनि समाजलाई सरसफाईयुक्त बनाउने अभियानभने चलिरहेको युएन ह्याविटाट पर्साका कार्यक्रम संयोजक सरोज चौरसियाले बताउनु भयो ।

 


    अहिले चर्पी त बन्यो तर यसको दीगो प्रयोग चाही होला की नहोला भन्ने चिन्ताले गस्ती टोलीलाई सताएको छ । पानीको उपलब्धता,खुला जमिन र खुला ठाउमा शौच गर्ने परिपाटीले पाएको सामाजिक स्वीकारोक्ति जस्ता कारणले स्थानीयको बानी ब्यवहारमा परिर्वतन आउला कि नआउला भन्ने चिन्ता चाही स्वभाविक पनि छ ।

 

अभियान संचालनबाट आएको प्रगतीलाई दिगो राख्ने र पूर्ण सरसफाईयुक्त बनाउनकालागि वार्डमा स्थायी रुपमा थप जनशक्ति परिचालन आवश्यक रहेको सामाजिक कार्यकर्ता लक्ष्मन पंडितको भनाई छ ।


    पछिल्ला केही वर्षमा कतिपय गाविसले  खुलादिशामुक्त अभियानमा साविक गाविसहरुले गाविसको रकम नै अनुदानमा  दिएकोले पनि अहिले त्यसको कुप्रभाव देखा परेको बताउनुहुन्छ मुकेश पंडित । त्यसरी दिइएको अनुदान टाठाबाठाहरुले लिए गरिब गुरुवा भने रित्तै ।

 

अनुदान दिने सारकारी नीति छैन । अहिले अनुदानको पर्खाइमा चर्पी बनाउने काम ढिलो भएको छ । गाउँका हुने खानेहरु पनि अनुदानको पर्खाइमा भएपछि समस्या आएको हो । अनुदान दिने बिगतको अभ्यासले अहिले पनि गाउँहरुमा द्वण्द्व छ । लखनपुर एक्डरवामा कुल ६ सय ६७ घरधुरी रहेको छ । जस मध्य ८० घरमा मात्र चर्पी थियो । गस्ती अभियान पछि ६ सय २५ घरधुरीमा चर्पी निर्माण भएको छ । सिगो पर्सा जिल्लामा भने ८६ प्रतिशत घरमा चर्पी भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.