logo

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साको अधिवेशन सम्पन्न 

      4/3/2018 गते 00 00 मा प्रकाशित     1815   पटक पढिएको

वीरगन्ज, २० चैत्र । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साको अध्यक्षमा दिलिप प्रधान सर्वसम्मत चयन भएका छन् ।

मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिबेशनले प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको  हो । समितिको उपाध्यक्षमा अजित भुजेल, सचिवमा शेखर चौधरी, सहसचिवमा राम मण्डल र कोषाध्यक्षमा मुनेस लायो मगर चयन भएका छन् ।

यसगरि सदस्यहरुमा प्रकाश थारु, नन्द किशोर पन्जियार, कल्याण बहादुर हाडा, गोपीलाल श्रेष्ठ, सँगम श्रेष्ठ, मेघराज राय, सुबास आले मगर, समिना रञ्जितकारलाइ चयन गरिएको छ । अधिवेशनले चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार निरज पिठाकोटे मगर, ओमप्रकाश चौधरी, प्रेम लामा र उदय दास थारुलाई चयन गरेको छ ।

यसैगरि अधिवेशनबाट प्रादेशिक प्रतिनिधिमा पत्रकार जगत राई, दिपेश श्रेष्ठ र रशमीराज भण्डारीलाई चयन भएका छन् । निवर्तमान जिल्ला अध्यक्ष दिलिप प्रधानकोे अध्यक्षतामा सम्पन्न भएको अधिबेशनको प्रमुख अतिथि आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगरले उदघाटन गरेका थिए ।

कार्यक्रममा आदिबासी जनजाति जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष किरण डँगोल, प्याब्सन पर्साका अध्यक्ष छेडुप लामा, फोनिज पर्साका सल्लाहकार प्रेम लामा, थारु कल्याणकारी पर्साका कार्यबाहक अध्यक्ष नन्द किशोर पन्जियार, समाजिक अभियन्ता प्रकाश थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वागत मन्तव्य निवर्तमान उपाध्यक्ष जगत राईले गरेका थिए । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.