logo

चिनी उद्योगमा भएको विष्फोटमा एकजनाको मात्रै मृत्यु भएको पुष्टि 

      4/10/2018 गते 00 00 मा प्रकाशित     1251   पटक पढिएको

कलैया, २७ चैत्र । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रालिमा मंगलबार बिहान टयाङकी विस्फोट हुदा एक जनाको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

 

चिनी उद्योगमा रहेको उखुको रस भण्डारण गरिने मलासी टयाङकी मंगलबार बिहान साढे ११ बजे तिर विस्फोट भइ पर्खाल भत्किदा एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको बाराका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए । मृत्यु हुनेमा चिनी मिलका कर्मचारी भारत घर भएका राम सेनाइ रहेका छन् ।

 

उनको घटनास्थलमा नै मृत्यु भएको हो । विस्फोटमा परि उद्योगमा काम गर्ने कर्मचारीहरु बारा भोडहा मटिअरिया निवासी ३० वर्षीय प्रमेश्वर साह, बाराको उतर झिटकैया निवासी २७ वर्षीय भुपेन्द्र मण्डल, भारतीय नागरिक ५२ वर्षीय कमलेन्द्र सिंह, कलैया उपमहानगरपालिका २ निवासी ब्रजेश महतो, बारा जिल्लाको शीतलपुर निवासी ३५ वर्षीय देवनरायण महतो, पर्सा जिल्लाको भेडिहारी निवासी ३२ वर्षीय प्रेम राउत बरई, बारा जिल्लाको उत्तर झिटकैया निवासी ३५ वर्षीय रमेश यादव र बाराको महागढीमाई नगरपालिका वडा नंबर ११ का ४७ वर्षिय नागेन्द्र ठाकुर घाइते भएका छन् ।

 

घाइते मध्ये एक जनाको कलैया अस्पतालमा र बाँकी आठ जनाको वीरगन्ज स्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको बाराका प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.