logo

चर्पी नहुने सेवाग्राहीलाई वडा बाट दिइने सेवामा बन्देज

      4/17/2018 गते 00 00 मा प्रकाशित     1270   पटक पढिएको

सीमरा ४ बैशाख । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ लाई खुलादिशामुक्त बनाउने अभियान अन्तर्गत मंगलबार वडाको जैतापुर स्थित स्थानीय विद्यालय परिसरमा वडास्तरीय भेला सम्पन्न भएको छ ।

 

जितपुरसिमरा उपमहानगरपालिकाले आयोजना गरेको भेलाका सहभागीहरुले अहिले सम्म चर्पी नबनाउने परिवारलाई यही बैशाष मसान्त सम्म चर्पी बनाउन अन्तिम मौका दिने निर्णय गरेको छ ।

 

भोलीबाटै  अभियानलाई प्रभावकारी बनाउन सरसफाई कार्ड वितरण गर्ने, जनचेतना अभियान चलाउने समेत निर्णय गरेको छ ।

 

तोकीएको अवधिमा चर्पी बनाउन अटेर गर्ने परिवारका सदस्यहरुको आगामी जेठ १ गतेदेखी वडाबाट प्रदान गरिने सेवामा बन्देज लगाउने सम्मको निर्णय भएको वडा नं.१७का अध्यक्ष नवराज खड्काले जानकारी दिए ।

 

खड्का अनुसार स्थानीय संघ संस्था, सुरक्षा निकाय ,स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रबाट पाउने सेवासुविधामा पनि अंकुश लगाउन सक्ने सम्मको अधिकार भेलाले दिएको छ ।

 

अध्यक्ष खड्काको संयोजकत्वमा स्थानीय संघसंस्था, सेवा प्रदायक निकायका प्रतिनिधि,जनप्रतिनीधिहरु सम्मीलित २३ सदस्यीय सरसफाई स्वच्छता समिति गठन गरिएको छ ।

 

वडा नं. १७ मा ८सय घरधुरी रहेकोमा ५सय २३ मा चर्पी भएपनी ३ सय ६५ घरमा चर्पी नरहेको कार्यक्रमका सहजकर्ता सरसफाई प्रज्वलक सुशिल चौधरीले बताए ।

 

विशेष गरि जैतापुर र रामनगरको रघुनाथपुर चौधरी तथा दलित बस्तीमा ७५ प्रतिशत घरमा चर्पी नभएको चौधरीले बताए । भेलामा सरसफाई अभियानका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संघसंस्थाका प्रनिनीधि एवं सामाजिक अगुवाहरु गरी ५० जनाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.