logo

दुई दिने जिल्ला स्तरिय नेपाल जुनियर र युवा रेडक्र्स गोष्ठी प्रारम्भ 

      5/7/2018 गते 00 00 मा प्रकाशित     1855   पटक पढिएको

 बीरगंज २४ बैशाख  । नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाको आयोजना तथा नेपाल रेल्वे मा.बि.जुनियर रेडक्रस सर्कल बीरगंजको आतिथ्यतामा जिल्ला स्तरीय नेपाल जुनियर युवा रेडक्र्स गोष्ठी शुरु भएको छ  ।

 

२४ र २५ गते गरि दुई दिन सम्म चल्ने गोष्ठी बीरगंजकोगोपाल मन्डली अतिथी सदन बीरगंजमा शुरु भएको हो ।


नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाको जुनियर युवा रेडक्र्स समितिका संयोजक महन्थ प्रसाद यादवको सभापतित्वमा सन्चालन गोष्ठीको प्रमुख अतिथी शिक्षा बिकास तथा समन्वय इकाइ, पर्साका  प्रमुख बरखु प्रसाद रजकले  बिरुवाको गमलामा पानी हालि कार्यक्रमको उदघाटन गरेका थिए ।

 

रेडक्र्स एउटा स्वतन्त्र एवं स्वच्छ संस्था रहेको कुरा जानकारी गराउदै  विद्यार्थीहरुबाटै सुरु भएको कुरा सबैलाइ जानकारी गराउदै शुभकामना ब्यक्त गरे ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति फुलमहम्मद मिया, वडा न. ९ का अध्यक्ष मनोज कलवार  सल्लाउदिन अहम्मद, आयोजक बिधालयका दिनानाथ रौनियारले स्वागत मन्तव्य एवं शुभकामना मन्तब्य गरेका थिए ।


नेपाल रेडक्रस गठन प्रक्रिया एव काम कर्तव्यको बारेमा सहभागी सबैलाइ डा.बिश्वम्भर शर्मा, रेडक्र्सको परिचायत्मक र रेडक्र्स परिचयको बारेमा साबिर अहम्मद एराज, खुल्ला दिशामुक्त एवं सरसफाइको बारेमा सामान्य जानकारी दिने कार्य उमेश मिश्राले गरेका थिए।


पर्सा जिल्ला अन्तरगत रहेका जुनियर युवा सर्कलका ५१ बिधालयका विद्यार्थी, रेडक्र्स कार्यसमिति, जुनियर समिती, स्वयंसेवक, शिक्षक नायक, कर्मचारी गरि ३ सय १२ जनाको सहभागीता रहेको छ । 


 कार्यक्रमको सन्चालन रेडक्र्स पर्साका शाखा अधिकृत उदय राज शर्माले गरेका थिए भने शिक्षक नायक अरबिन्द सिंहले कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन गरेका छन ।


बैशाख २५ गते  विश्व रेडक्र्स दिवसको अवसरमा बिहान ७बजे बिरगंजको घन्टाघरबाट प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ उक्त प्रभात फेरि बिरगंज नगर परिक्रमा गरि पुन गोपाल मन्डलिमा पुगि जुनियर र युवा रेडक्र्स गोष्ठीको दोश्रो दिनको कार्य सन्चालन हुने कुरा पर्सा रेडक्र्सका सहायक राजन श्रीवास्तवले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.