logo

सञ्चारकर्मी साह माथि अभद्र बयवहार गर्ने सिडियोलाई कारवाही गर्न पत्रकार सम्बद्ध संस्थाहरुको माग

      5/29/2018 गते 00 00 मा प्रकाशित     1134   पटक पढिएको

वीरगंज १४ जेठ ।
पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले पर्साका पत्रकार प्रणय साहलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको प्रति मधेसी पत्रकार समाज पर्साले घोर आपत्ति जनाएको छ ।

समाचार संकलन गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका पब्लिक एफ।एमका संवादाता प्रणय साह माथी प्रजिअ लोकनाथ पौडेलले अपशब्द प्रयोग गरी दुव्र्यवाहार गरेकोमा सो घटनाको बिरोध गर्दै प्रजिअ जस्तो गरिमामय पदमा बसेका व्यक्तिले प्रेस स्वतन्त्रको खिल्ली उडाएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउदै घटनाको निन्दा गरेको छ ।

 

मधेसी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साहद्धारा जारी विज्ञप्तिमा समाचारकै विषयलाई लिएर कुनै पनि सञ्चारकर्मी वा सञ्चारमाध्यम माथि दुव्र्यवहार गर्नु लोकतन्त्रमा प्रेश स्वतन्त्रतको ठाडो उलंघन भएको भन्दै त्यसतो कार्य गर्ने जो सुकैलाजई पनि कानुनी कारवाहि हुनु पर्ने जोडदार माग गरिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय पर्सामा रहेको दुर्गन्धीत शौचालयको समाचार संकलन गर्न गएको तथा सो सम्बन्धमा वहाँ संग जिज्ञासा राख्दा पर्साका पत्रकारहरु दलाल हुन भन्ने शब्द प्रयोग गरेकोमा प्रजिअ पौडेलले सार्वजनिक रुपमै माफी मागी आइन्दा यस्तो गलती आफुबाट नहुने प्रतिबद्धता नजनाए मधेसी पत्रकार समाजले प्रजिअ घिमिरे विरुद्ध कडा कदम चाल्न बाध्य हुने उल्लेख छ ।

 

यसैबिच सञ्चारकर्मी साह माथि भएको घटना प्रति आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले पनि गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

 

फोनिज पर्साका अध्यक्ष दिलिप प्रधानले आज एक विज्ञप्ति जारी गर्दै घटना प्रति निन्दा गर्दै सञ्चारकर्मीहरुलाई स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउनु पर्ने हुंदा हुदै पनि सरकारी ओहदामा बसेका प्रमुख जिल्ला अधिकारी जस्ता व्यक्तिले यस्ता शब्दहरु प्रयोग गर्नुले हामी पत्रकारहरु मर्माहित भएका छौ ।

 

प्रजिअ माथि सरकारले तुरुन्त छानबिन गरी कानुनी प्रक्रियाबाट कानुनी कारवाहि अगाडि बढाउन महासंघले जोडदार माग गर्दछ । यदि यस विषयमा कुनै पनि किसिमको सरकारले बेवास्ता गरेको खण्डमा महासंघले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको यसै विज्ञप्ति मार्फत सम्बन्धित निकायलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.