logo

सञ्चारकर्मी साह माथि अभद्र बयवहार गर्ने सिडियोलाई कारवाही गर्न पत्रकार सम्बद्ध संस्थाहरुको माग

      5/29/2018 गते 00 00 मा प्रकाशित     1045   पटक पढिएको

वीरगंज १४ जेठ ।
पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले पर्साका पत्रकार प्रणय साहलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको प्रति मधेसी पत्रकार समाज पर्साले घोर आपत्ति जनाएको छ ।

समाचार संकलन गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका पब्लिक एफ।एमका संवादाता प्रणय साह माथी प्रजिअ लोकनाथ पौडेलले अपशब्द प्रयोग गरी दुव्र्यवाहार गरेकोमा सो घटनाको बिरोध गर्दै प्रजिअ जस्तो गरिमामय पदमा बसेका व्यक्तिले प्रेस स्वतन्त्रको खिल्ली उडाएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउदै घटनाको निन्दा गरेको छ ।

 

मधेसी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साहद्धारा जारी विज्ञप्तिमा समाचारकै विषयलाई लिएर कुनै पनि सञ्चारकर्मी वा सञ्चारमाध्यम माथि दुव्र्यवहार गर्नु लोकतन्त्रमा प्रेश स्वतन्त्रतको ठाडो उलंघन भएको भन्दै त्यसतो कार्य गर्ने जो सुकैलाजई पनि कानुनी कारवाहि हुनु पर्ने जोडदार माग गरिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय पर्सामा रहेको दुर्गन्धीत शौचालयको समाचार संकलन गर्न गएको तथा सो सम्बन्धमा वहाँ संग जिज्ञासा राख्दा पर्साका पत्रकारहरु दलाल हुन भन्ने शब्द प्रयोग गरेकोमा प्रजिअ पौडेलले सार्वजनिक रुपमै माफी मागी आइन्दा यस्तो गलती आफुबाट नहुने प्रतिबद्धता नजनाए मधेसी पत्रकार समाजले प्रजिअ घिमिरे विरुद्ध कडा कदम चाल्न बाध्य हुने उल्लेख छ ।

 

यसैबिच सञ्चारकर्मी साह माथि भएको घटना प्रति आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले पनि गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

 

फोनिज पर्साका अध्यक्ष दिलिप प्रधानले आज एक विज्ञप्ति जारी गर्दै घटना प्रति निन्दा गर्दै सञ्चारकर्मीहरुलाई स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउनु पर्ने हुंदा हुदै पनि सरकारी ओहदामा बसेका प्रमुख जिल्ला अधिकारी जस्ता व्यक्तिले यस्ता शब्दहरु प्रयोग गर्नुले हामी पत्रकारहरु मर्माहित भएका छौ ।

 

प्रजिअ माथि सरकारले तुरुन्त छानबिन गरी कानुनी प्रक्रियाबाट कानुनी कारवाहि अगाडि बढाउन महासंघले जोडदार माग गर्दछ । यदि यस विषयमा कुनै पनि किसिमको सरकारले बेवास्ता गरेको खण्डमा महासंघले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको यसै विज्ञप्ति मार्फत सम्बन्धित निकायलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.