logo

रगत नपाए मरिन्छ रक्तदान गर्दा मरिदैन 

      6/2/2018 गते 00 00 मा प्रकाशित     1165   पटक पढिएको

बीरगंज १९जेष्ठ
ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले आकस्मिक रक्तदान गर्नकालागि क्लबहरु निर्माण गरेको छ । दुर्लभ रक्त समुहको आकस्मिक रक्तादाद गर्नकालागि यस्तो क्लबहरुको निर्माण शुरु गरिएको एशोसिएशनले जनाएको छ । 

 


कुनै पनि ब्यक्तिलाइ रगतको समस्याका कारणले ज्यान गुमाउनु पर्ने समय नआओस भन्ने सोच राखी क्लब गठन गरिएको छ ।  जुन समूहको रगत अति आवश्यक पर्छ तर रक्तसञ्चार केन्द्रमा उपलब्ध नरहेको बेला यो क्लबले रगतको ब्यवस्थापन गर्नेछ  ।

 

 रगतको समस्यालाई न्यून गर्ने कार्यमा योजनावद्ध रुपमा सबै सदस्यहरु लागि परेको  संयोजक अरबिन्द सिंहले बताए । अध्यक्ष शत्रुघन नेपालको अध्यक्षतामा सम्पन भएको ८औ  साधारण सभाबाट रक्तदान कार्यक्रमलाई अझ व्यवस्थित र सहज बनाउनको लागि बिभिन संरचना  गठन गर्ने निर्णय गरिएको थियो ।

 

सोही अनुरुप शनिवार बीरगंज स्थित गीता मन्दिर परिसरमा बिरगंजका विभिन्न संघसंस्थामा आबद्ध रहेका रक्तदाताहरुको भेला सम्पन्न भएको हो ।

 

उक्त भेला  अरबिन्द सिंहको सभापतित्वमा भएको थियो ।  भेलामा ब्लोदान पर्साका अध्यक्ष शत्रुघन नेपाल रक्तसञ्चार केन्द्र बिरगंजका पुर्व संयोजक मदन प्रसाद गुप्ता, श्रीपुर वडा प्रहरिका इन्चार्ज प्रहरी निरिक्षक कुमार मौनाली, रक्तसञ्चार केन्द्रका इन्चार्ज प्रबिण मानन्धर, वडा नं . २४ का वडा अध्यक्ष दशरथ पटेलले मन्तब्य राखेका थिए ।

 


विभिन्न समयमा रगतको समस्या भइरहेको र साथै रक्तदान कार्यक्रमको आयोजना गर्ने संघसंस्थालाई सहज बनाउनकालागि एशोसिएशनले अभियान ने चलाएको छ । कार्यक्रममा  सहभागि प्रतिनिधिहरुबाट आएका जिज्ञासाहरुलाइ मेटाउने कार्य  प्रबिण मानन्धर, अरबिन्द सिंह र मदन गुप्ताबाट गरिएको थियोे  । कार्यक्रम संचालन  राजन श्रीवास्तवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.