logo

उचित उपचार नपाएको भन्दै पशुपालक किसानको गुनासो 

      6/9/2018 गते 00 00 मा प्रकाशित     1167   पटक पढिएको

बीरगंज  २६ जेठ । 

सखुवा प्रसौनी गाउँपालिका वडा नं १ मधुवन मथवलका पशु किसानले उचित उपचारको अभावमा आफना बस्तु भाउ मरेको भन्दै गुनासो गरेका छन । मानव अधिकार निगरानी समुह मधुवन मथवलले शनिवार अयोजना गरेको ब्यवसायीक पशुपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो गुनसो गरेका हुन । 


उनीहरुले बस्तु भाउ बिरामी हुदा पशु प्राविधिकलाई बोलाउदा समेत नआउने गरेको बताए । उनीहरुले स्थानीय तहले पशु किसानहरुकालागि दिने सेवा सुविधाका बिषयमा आफूहरु अनभिज्ञ रहेको बताए । 


स्थानीय तहमा सबै सुविधा आयो भनिएको छ तर आफूहरुले त्यस्तो अनुभूती गर्न नपाएको औराहका हेम सिलवालले बताए । 


पशु प्राविधिकहरुको सेवा प्रभभावकारी हुनुका साथै राज्यले दिने सुविधाका बारेमा किसानलाई जानकारी दिनु पर्ने उनीहरुको माग थियो । सखुवा प्रसौनी गाउँ पालिकामा ३ जना पशु प्राविधिकहरु कार्यरत रहेका छन । त्यस मध्य अमित कुश्वाहाले वडा नं २ र ३ मा सेवा दिदै आएको बताए ।

 

उनले अन्तरक्रिया कार्यक्रममा हरेक हप्ताको आइतवार सोमवार र मगंलवार मधुवन मथवलमा बसेर सेवा दिने प्रतिवद्धता जनाए । 


कार्यक्रममा स्थानीय पशु कृषकहरुले पशुमा लाग्ने रोगहरु त्यसको लक्षण उपचार बिधि र स्थानीय सरकारले दिने अनुदान लगायतका बिषयमा जिज्ञासा राखेका थिए । 


स्थानीयको जिज्ञासाको जवाफ गाउँपालिकाका तर्फबाट पशु प्राविधिक अमित कुशवाहाले दिएका थिए । उनले बस्तु भाउको गोवर जाँच्ने यन्त्रको अभाव रहेको बताउदै लक्षणका आधारमा औषधी उपचार गर्नु पर्ने अवस्था आएको बताए ।उनले उत्पादनलाई बढवा दिनकोलागि सुरक्षती ब्यवसायकोलागि मिश्रीत पशुपालन नभई एकल पशुपालनमा ध्यान दिन किसानलाई आग्रह गरे ।

 

उनले बर्षको चैत र बैशाख महिनामात्र भ्याक्सीनकालागि उपयोगी महिना भएको चर्चा गर्दै बस्तुभाउको स्वास्थ्यमा ध्यान दिन समेत उनले सुझाए । उनले किसानको बस्तुभाउको उपचारकोलागि आफनो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । तपाइृहरुले खवर गर्नुहोस उनले भने म आउन सकिन भनेपनि अर्को प्राविधिक पठाउने छौ ।


कार्यक्रममा वाडाध्यक्ष बिश्वानाथ पटवारीले गत वर्ष बजेट कम बिनियोजन भएकोमा यो वर्ष योजना छनौटमा ध्यान दिने बताए । उनले पशु चिकित्साकालागि आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिइने प्रतिवद्धता जनाए । 

 


मानव अधिकार निगरानी समुहका अध्यक्ष दिनेश तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका पर्सा प्रतिनिधि के.सी.लामिछाने मानव अधिकार निगरानी समुहका कोषाध्यक्ष तुलसा अधिकारी,सदस्य संचीता बुढाथोकी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.