logo

फिफा रेफ्री  सिंह शान्तिदूत र पत्रकार पिठाकोटे युवा शान्तिदूत बने

      6/21/2018 गते 00 00 मा प्रकाशित     1655   पटक पढिएको

सीमाना सम्वाददाता
वीरगन्ज, ७ असार । परिवार र समाजमा शान्ति ल्याएर विश्वमा शान्ति फैलाउने अभियानमा लागेको विश्व शान्ति एकीकृत परिवार महासंघले वीरगन्जका दुईजनालाई शान्तिदूत घोषणा गरि सम्मान गरेको छ ।

व्यक्तिमा शान्ति भए परिवारमा शान्ति आउने, परिवारमा शान्ति भए समाज, राष्ट्र र विश्व नै शान्ति हुने मूल नाराका साथ अभियानमा लागेको संस्थाले फिफा रेफ्रिका राष्ट्रिय उपाध्यक्ष गजेन्द्रमान सिंहलाई शान्तिदूत तथा पत्रकार नीरज पिठाकोटेलाई युवा शान्तिदूत घोषणा गरि बिहीबार सम्मान गरेको हो ।

संस्थाका पर्सा अध्यक्ष प्राध्यापक डा.विश्वम्भर शर्माको अध्यक्षतामा वीरगन्जको होटल कन्ट्री इनमा आयोजित कार्यक्रममा गजेन्द्रमान सिंह र नीरज पिठाकोटेलाई वीरगन्ज महानगरपालिका कार्यालयकी उप–प्रमुख शान्ति कार्कीले शान्तिदूतको प्रमाणपत्र सहित सम्मान गरिन् ।

सम्मानपछि बोल्दै कार्यवाहक उपप्रमुख कार्कीले संस्थाले थालेको अभियान अत्यन्त सराहनीय रहेको बताइन  । उनले यो अभियानलाई विद्यालय स्तरबाट नै थाल्नुपर्नेमा जोड दिईन् । विद्यालयमा अध्ययन गर्ने युवाहरु उछृङखल हुने भएकोले उनीहरुलाई संस्कार सिकाउनका लागि यो अभियान उपयोगी हुने उपप्रमुख कार्कीको भनाई थियो । कार्यक्रममा महासंघका केन्द्रीय महासचिव विमल डाँगीले परिवार र समाज विकासका लागि चरित्र सही हुनुपर्ने बताए । मानिसको पहिचान आचरण र चरित्रबाट पहिचान हुने भएकोले समाज विकासका लागि आचरण सुधार र निश्चल चरित्र आवश्यक रहेको बताए ।

 

पूर्व सांसद एवं इन्टरनेशनल एसोशिएसन पार्लियामेण्टल फर पिस नेपालको सचिव मिलन राजवंशीले समाजमा शान्ति स्थापनाका लागि भूमिका खेलेका व्यक्तित्वहरुलाई नै शान्तिदूत घोषणा गरिएको जानकारी दिदै सम्मानित हुनेहरुले अझै समाजमा जिम्मेवारीपूर्ण ढंगबाट काम गर्नेमा विश्वस्त रहेको बताईन् ।

 

कार्यक्रममा युवा नेता ओमप्रकाश सर्राफ, गजेन्द्रमान सिंह, नेपाल प्रहरी आवासीय विद्यालय गरुडा रौतहटका प्रिन्सिपल टिका भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रमको संचालन जिल्ला शान्ति परिषदका सचिव हरि लोप्चनले गरेका थिए । यसैबीच बिहीबार नै जिल्ला शान्ति परिषद (डिष्ट्रिक पिस काउन्सिल) गठन गरिएको छ । पुनः विश्वम्भर शर्माको अध्यक्षतामा गठन गरिएको परिषदको गजेन्द्रमान सिंह उपाध्यक्ष, सचिवमा हरि लोप्चन र सदस्यहरुमा लक्ष्मी प्रसाद ओझैया र नीरज पिठाकोटेलाई चयन गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.