logo

शान्ति सुरक्षामा चुनौती खडा गर्नेलाई निरुत्साहनकालागि सहयोग गर्न प्रहरीको अपिल

      6/30/2018 गते 00 00 मा प्रकाशित     1130   पटक पढिएको

ईसीमाना सम्वाददाता

वीरगन्ज १६ असार । 

पर्साका प्रहरी प्रमुख रेवती ढकालले शान्ति सुरक्षामाथि चुनौती खडा गर्ने प्रवृतिलाई निरुत्साहित गर्नकालागि प्रहरीलाई सहयोग गर्न स्थानीय नागरिकसंग अपिल गरेका छन । 


इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आयोजना गरेको सार्वजनीक सुनवाई कार्यक्रममा नागरिक सवालको जवाफ दिने क्रममा प्रहरी उपरिक्षक ढकालले यस्तो बताएका हुन ।


उनले प्रहरीको अनुसन्धान गलत भयो भने खवरदारी गर्न समेत नागरिकलाई अपिल गरे । समाजमा हुने अपराध न्यूनीकरण र अपराधीलाई कारवाही गर्ने बिषयमा प्रहरीले जहिल्ये पनि नागरिको सहयोग खोजेको बताए ।

 

उनले प्रहरीको आउन कुनै पनि खालको दलाल र बिचौलीयाको सहयोग नलिन आग्रह गर्दै आम मान्छेलाई पनि प्रहरीकोमा आउन कुनै समस्या नरहेको प्रष्ट पारे । प्रहरीले पीडमा परेका मान्छेलाई जहिले पनि सहयोग गर्ने उनीहरुको न्यायकालागि काम गर्ने बताए ।

 

अपारधीक गतिविधिको सूचना पाएर आउने सिभिल प्रहरी प्रति शंकालागे  परिचय पत्र हेर्नुहोस तर अपराधीलाई उम्कन वतावरण कुनै हालतमा नबनाउन समेत उनले आग्रह गरे । समाजका मान्छेले अवरोध सृजना गर्ने वा अप्ठायारो बनाउने काम भयो भने त्याहा दुःखद घटनाहरु हुन सक्ने प्रति सचेत रहन समेत एसपी ढकालले आग्रह गरे । उनले तपाईले शंकालागेर चेक गरेको मान्छे नक्कली फला प¥यो भने आफनो मोवाइलमा सम्पर्क आग्रह गर्दै आफनो मोवाइल नम्बर ९८५५०२१११३ सबैलाई टिप्न लगाए ।

 


कुनै प्रहरीले घुस खाएमा मागेमा तस्करी गर्न छुट दिन पैसा लिएको प्रमाणीक सूचना दिन आग्रह गर्दै त्यस्तो पाउने बित्तिके त्यस्ता प्रहरी कर्मचारीहरुलाई कारवाही गर्ने उनले प्रतिवद्धता जनाए । 


कार्यक्रममा स्थानीय असरफ मिया,इजहार मियाले प्रहरीले गाँजा चरेसको नाममा छापामारी गर्ने र त्यसमा संलग्न नरहेका मान्छेलाई समेत कारवाही प्रक्रियामा समावेश गरेको भन्दै प्रहरीको आलोचना गरेका थिए । स्थानीय ललिता देवीले रक्सी भट्टीहरुका कारण रक्सी खाएर घरमा गई श्रीमती कुटने प्रवृति बढेको भन्दै भट्ट बन्द गराउन माग गरेकी थिइन । 


पटेर्वा सेगौली गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख ममता महतो वडा नं १ फरमान अन्सारी २ बिजय गैरे लगायत समाजका सबै बर्ग र तप्काका अगुवाहरुको सहभागिता रहेको थियो । सार्वजनीक सुनवाईले नागरिक र प्रहरीवीचको टुटेको सम्वादको कडीलाई जोडेको स्थानीयको बुझाई रहेको छ ।


कार्यक्रमको संचालन प्रहरी निरिक्षक आशिष अधिकारीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.