logo

बिद्यालय पहुच बाहिरका वालवालिकालाई बिद्यालय पु¥याउनु जनप्रतिनिधिको दायित्वः नेता गिरी

      7/11/2018 गते 00 00 मा प्रकाशित     1617   पटक पढिएको

चन्द्रपुर २७ असार ।
प्रदेश सभाका सदस्य प्रहलाद गिरीले बिदालयको पहुच भन्दा बाहिर रहेका वालवालिकालाई बिद्यालय सम्म पु¥याउनकालागि आफूले सहयोग गर्ने बताएका छन ।

 
युनिसेफ नेपालको सहयोग र सामाजिक संस्था जिल्ला सुमन्वय समिति पर्साको नेतृत्वमा संचालीत किशोरी शिक्षाको बुधवार चन्द्रपुरमा आयोजना गरिएको प्रदेश स्तरीय समिक्षा कार्यक्रमलाई समबोधन गर्दै प्रदेश सभा सदस्य गिरीले बिद्यालयको पहुच भन्दा बाहिर रहेको वालिकाहरुलाई बिद्यालय सम्म पु¥याउने दायित्व समेत आफू जनप्रतिनिधिहरुको रहेको बताए । उनले समाजको बिकासका निम्ति शिक्षामा सबै भन्दा बढी जोड दिनु पर्ने बताए । 


उनले प्रदेश सरकारले समेत बेटी बचाई बेटी पढाई भनेर अभियाननै संचालन गरेको र यस आर्थिक वर्षमा समेत रकम बिनियोजन गरिएको जानकारी दिए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २का अध्यक्ष दीपेन्द्र चौहानले प्रदेशको बिकासका निम्ति जनप्रतिनिधिहरुले गरेको कामलाई सकारात्मक रुपमा प्रवाह गर्न संचार क्षेत्र तयार रहेको जानकारी दिए ।

 

उनले स्थानीय सरकारले गरेको राम्रो काम आम नागरिक सम्म पु¥याउनकालागि आवश्यक संरचना निर्माण गर्न नेपाल नगपालिका संघलाई आग्रह समेत गरे । 


कार्यक्रममा युनिसेफ प्रदेश २ का प्रमुख अनिता दाहाल , प्रदेश सभा सदस्य मन्जुर आलम,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने बिभिन्न् नागरपािलका र गाउँपालिकाका प्रमुख उपप्रमुख लगायतले किशोरी शिक्षाको बिषयमा आफना प्रतिवद्धताहरु ब्यक्त गरेका थिए । 

 


किशोरी शिक्षा अन्तर््गत प्रदेश नं २ को पर्सा,रौतहट ,धनुषा र सप्तरीमा गरि ५ सय केन्द्र संचालन भएका छन । प्रत्येक केन्द्रमा २५ जनाका दरले किशोरीहरु अध्ययन गर्दछन । तीन वर्ष अगाडि बाट संचालीत यो परियोजना अन्र्तगत २०१७ मा ४ जिल्लाका ४१ पालिकामा १२ हजार २ सय ४३ जना बालिकाहरु किशोरी शिक्षा केन्द्रमा भर्ना भएका थिए । 


ति मध्य १० हजार ७ सय ३६ किशोरीहरु भने बिद्यालयमा भर्ना भएका छन । 
किशोरी शिक्षाको केन्द्रमा ५४ प्रतिशत किशोरी दलीत ,जनजाती र मुस्लिम समुदायका रहेको त्थायकं कार्यक्रममा प्रस्तुत गरिएको थियो । 
बिद्यालय जानबाट बन्चित १० देखी १५ वर्षका किशोरीहरुलाई ९ महिना अध्ययन गराई उनीहरुलाई बिद्यालयमा कम्तीमा तीन कक्षामा भर्ना गरिदै आएको छ । कार्यक्रममा युनिसेफका बिमला मानन्धरले किशोरी शिक्षाको नीतिगत अवधारणाका बारेमा प्रकाश पारेकी थिइन । 
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव रामप्रवेश साह र स्वागत अनन्त श्रेष्ठले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.