logo

शिक्षक फिर्ता गर्ने गाउँपालिकाको निर्णय, अध्यापन अस्तब्यस्त बनाएको प्रधानाध्यापको आरोप

      7/17/2018 गते 00 00 मा प्रकाशित     1332   पटक पढिएको

बीरगंज १ साउन । 
पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिद्यालयमा फेरी विवाद सृजना भएको छ ।

 

बिद्यालयमा रिक्त रहेको शिक्षकहरुको पदपुर्ती हुन नसके पनि कालिकामाई गाउपालिकाको कार्यपालिकाको बैठकले सरुवा गराएर आएका शिक्षकलाई पुन फिर्ता गराउने परपन्च गरी निर्णय गरेको छ ।

 

हाजिर भई पठनपाठन गराईरहेको शिक्षक उमेश पटेललाई सो बिद्यालयबाट पुन फिर्ता गराउने गरी कालिकामाई गाउपालिकाको असार १६ गतेको बैठकले निर्णय गरी बिवाद सृजना गरेको हो ।

 

गाउँपालिका प्रमुख नथुनी कुशवाहाले  शिक्षक उमेश पटेललाई बिद्यालयमा ल्याउनकालागि पहिलो पटक बिद्यालयका प्रधानाध्यापकलाई कुरा गरेका थिए । तर प्रधानाध्यापकले बिद्यालयमा गणीत बिषयको शिक्षक अभाव नभएको भन्दै अन्य बिषयको शिक्षक चाहिने भन्दै अध्यक्षको प्रस्ताव अस्वीकार गरेका थिए ।

 

तर पछिल्लो पटह तिनै प्राधानाध्यापकको पहलमा गाउँपालिका अध्यक्षले ल्याउन प्रास्ताव गरेका शिक्षक उमेश पटेललाइ हाजिर गराएपछि यो बिषयले विावदको रुप लिएको हो ।

 

यद्धपी पटेलको अध्यापन शैलीबाट  बिद्यार्थीहरु उत्सहित रहेको कक्षा १० का छात्र आकाश चौरसियाले बताएका छन । शिक्षकलाई अबिलम्ब फिर्ता गराउने गरी गाउपालिकाको कार्यालयले श्री सुकई साह माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामबालक चौरसियालाई पटक पटक परिपत्र गरेको छ ।

 

प्रधानाध्यापकको निर्णय प्रक्रियामा रहेको आलोकाचोपनका कारण समस्या उत्पन्न भएको गाउँपालिकाको बुझाई छ । तर गाउँपालिकाको निर्णयले पठन पाठन अस्तब्यस्त बनाएको  आरोप  प्रधानाध्यापक रामबालक चौरसियाले लगाएका छन । शिक्षक अभाव हुदा शिक्षक पदपुर्ती गराउन बिद्यार्थीहरुद्धारा पटक पटक बिद्यालय बन्द भएको थियो ।

 

बिद्यालय परिसरमा कालिकामाई गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, वडाअध्यक्ष सोनालाल चौरसिया,शिक्षा कार्यालयका प्रतिनिधि छोटेलाल साह, शिक्षकहरु र बिधार्थीहरुबीच  भएको सम्झौता अनुसार एक हप्ता भित्रमा शिक्षक पदपुर्ती गर्ने सहमती भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.