logo

युवा वचनको अयोजनामा सात महिला सहित एक सय सात जनाद्वारा रक्तदान 

      7/21/2018 गते 00 00 मा प्रकाशित     1319   पटक पढिएको

बीरगंज ५ साउन
बीरगंज आदर्शनगरका १८/१९  बर्षका युवाहरुको एक समूह युवा वचनको आयोजनामा आदर्शनगर चौकमा शनीवार खुल्ला रक्तदानममा ७ महिला सहित १०७ जना रक्तदाताले रक्तदान गरेका छन् ।

 


रक्तदान कार्यक्रममा बीरगंजका महानगरप्रमुख  बिजय सरावगीले भर्खरको युवावय उमेर रहेका युवाहरुले   ब्यवस्थित ढंगले आयोजना गरेको रक्तदान कार्यक्रम अनुकरणीय रहेको बताए ।

 

रक्तदान जस्तो महान कार्यमा हाम्रो पर्सा जिल्लाका युवाहरुको सहभागिता  निकै खुशीको खबर रहेको भन्दै सबैमा शुभकामना ब्यक्त गरे ।

 

 कार्यक्रममा  प्रहरी उपरीक्षक रेवती ढकाल, रेडक्र्सका सभापति फुलमहम्मद मिया, पत्रकार महासघका अध्यक्ष श्याम बन्जारा, नेपाल नेत्र ज्योति सघका महासचिव श्यामकुमार पोखरेल, सशस्त्र प्रहरी नायव उपरीक्षक सुशील पराजुली, अमर गौतम, उपसभापति मधु राणा, कमल चौगाइ, अरबिन्द सिंह, प्रबिण मानन्धरले, प्रहरी निरीक्षक निशान थापा, पत्रकार महासंघका सचिव युवराज खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए ।  


१०७ जना रक्तदाताहरुको रक्तदाता नम्बर मध्ये ३ जना उत्कृष्ट रक्तदाताहरु घोषणा भएको थियो । जसमा मन्जु सिलवाल, जुनेद अलि, सम्सुदिन अन्सारी उत्कृष्ट घोषीत भएका थिए ।

 

, रक्तदाताहरुको नम्बर बाकसमा राखी अध्यक्ष पीयूष कादमिया, प्रहरी उपरिक्षक रेवती ढकाल, फुलमहम्मद मिया, अरबिन्द सिंह, प्रबिण मानन्धर, ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानको रोहबरामा उक्त नाम बाकसबाट गोला प्रथाद्वारा निकालिएको थियो ।


उत्कृष्ट हुने ततीन जनालाइ पुरस्कर एव मायाको चिनो प्रदान  गरिएको थियो ।  कार्यक्रममा रक्तसञ्चार केन्द्रबाट प्रबिण मानन्धरको टोलि एवं ब्लड डोनर्स एसोसिएसनका शिवजी गुप्ता, उमेश गुप्ता, प्रभाकर गुप्ता, नरेन्द्र शाह्को टोलीले प्राबिधिक सहयोग गरेका थिए साथै युवा वचनका टोलीले उल्लेखनीय भुमिका निर्वाह गरेका थिए ।

 

 उक्त कार्यक्रमको सहजीकरण रेडक्र्स पर्साका सहायक तथा समाजसेवी राजन श्रीवास्तवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.