logo

यौन सम्पर्क राख्न नपाएको रिसमामा प्रेमीकाको हत्या

      7/22/2018 गते 00 00 मा प्रकाशित     1491   पटक पढिएको

बीरगंज ६ साउन । 
जगरनाथपुर गाउँपालिका वडा नं ४ सुहपुर निवासी १८ वर्षिया बविता चौधरी हत्या अभियोगमा प्रहरीले सोही ठाउका १९ वर्षिय प्रमेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ । 


भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया वडा नं ११ स्थायी घर भई जगरनाथपुर गाउँपालिका वडा नं ४ सुहपुर सानोबुवाको घरमा बस्दै आएकी सुनकोशीया देवी भनिने ववतिा चौधरी असार ३१ गते गंगोली नदीमा मृत अवस्थामा फेला परेकी थिइन ।


उनी असार २८ गतेदेखी घरबाट बेपत्ता भएकी थिइन । उनको प्रमेन्द्र चौधरीसंग माया प्रेम रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनायो । हाल गोर्खा जिल्लाको ढकाल गाउँमा डकर्मीको काम गर्दै  आएका चौधरी  र बिनितावीच ३ वर्ष देखी माया प्रेम चल्दै आएको प्रहरीले जनाएको छ ।

 


असार २८ गते भलुवहीमा गंगोलनदी छेउको खरवारीमा १२ बजे उनीहरुवीच भेटघाट भएको थियो । सो भेटघाटमा उनीहरुवीच यौन सम्बन्ध समेत भएको थियो । प्रमेन्द्र चौधरीले दोश्रो पटक यौन सम्पर्क राख्न खोज्दा बिनिताले इन्कार गरेकोले उनले मृत्युवरण गर्नु परेको पर्साका एसपी रेवती ढकालले बताए ।

 


प्रमेन्द्रको यौन प्रस्ताव अस्वीकार गरि घर जान थालेकी उनलाई अगाडि गाँठो पारी पछाडीतिर झुण्डीएको सल तानेर हत्या गरेको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ । प्रमेन्द्रले कर्तब्य गरि बिनिताको हत्या गरेको अनुसन्धानको क्रममा खुलेकोले उनी बिरुद्ध कर्तब्य ज्यान मुद्धामा कानून बमोजीम थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए ।

 


प्रहरीले प्रमेन्द्र चौधरीलाई २ गते गिरफ्तार गरेको हो । अनुसन्धानको क्रममा उनले नै कर्तब्य गरि हत्या गरेको खुलेकोले उनी बिरुद्ध काूननी कारवाहीको प्रक्रिया अगाडि बढाएको पर्सा प्रहरीले जनायो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.