logo

धनुुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

      2/12/2019 गते 00 00 मा प्रकाशित     1046   पटक पढिएको

जनकपुरधाम, २९ माघ । धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा सदस्यता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन ।

कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री यादवले आर्थिक अभावका कारण उपचउनले थपे । प्राथमिक उपचार प्रत्येक नागरिकले अधिकारको रुपमा पाउने तयारी रहेको उनले जानकारी दिए  ।स्वास्थ्य बीमाले परिबारमा स्वास्थ्यको चिन्ता नहुने जिकिर उनले गरे ।

नेपाल जस्तो अल्पविकसित मुलुकमा स्वास्थ्य बीमा लागू गर्न चुनौती रहेको बताउँदै उनले यसमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढाउन मन्त्री यादवले मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह समेत गरे ।स्वास्थ्य बीमा बारे जनमानसमा रहेको भ्रम हटाउनमा सहयोगको लागि संचारकर्मीहरुलाई आग्रह गरे ।

पाँच जना सदस्य रहेको परिवारले दुई हजार पाँच सय रुपैयाँ प्रिमियर बुझाएर स्वास्थ्य बीमा गराउन सक्ने भएको छ । बीमा गराएको परिवारले वर्षमा पचास हजार बराबरको स्वास्थ्य जाँच, औषधी, उपचार लगायतको सुविधा लिन सक्ने छन् ।सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आर्थिक अवस्था कमजोर रहेको परिवारको लागि स्वास्थ्य बीमा कार्यक्रम उपयोगी हुने धारणा राखे ।प्रदेश २ को जिल्लाहरुमा लागु हुन लागेको स्वास्थ्य बीमा कार्यक्रमले यहाँको जनता लाभान्वित हुने विश्वास उनले बिश्वास ब्यक्त गरे ।

प्रदेशमा राम्रो कामको थालनी भएको छ, उनले भने भने–यसबाट प्रदेशका जनता लाभान्वित हुन्छन् ।मानवीय विकास सुचकांकमा पछि परेको प्रदेश २ मा यो कार्यक्रमले नयाँ आयाम थपिने विश्वास उनले ब्यक्त गरे ।स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उमाशंकर प्रसादको अध्यक्षतामा भएको नेपाल सरकार स्वास्थ्य बीमा बोर्डद्वारा धनुषा जिल्लामा संचालित स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सदस्यता दर्ता शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव पुष्पा चौधरीले ३६ जिल्लामा यो कार्यक्रम लागु भएको बताउनुभयो ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र पुर्व राज्यमन्त्री रामसिंह यादवलाई स्वास्थ्य बीमा सदस्यता वितरण गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.