logo

अश्वमेध गायत्री महायज्ञ सफल बनाउन तिव्र तयारी,घर घरमा कम्तिमा ५ वटा दिप बाल्न महानगरवासीमा अपिल

      2/12/2019 गते 00 00 मा प्रकाशित     1139   पटक पढिएको

वीरगन्ज २९ माघ ।
नेपालमै पहिलो पटक  हुन लागेको अश्वमेध गायत्री महायज्ञ सफल बनाउन तिव्ररुपमा तयारी भईरहेको छ । यही फाल्गुन १९ गते २२ देखि सम्म वीरगन्जको आदर्शनगरमा हुन गईरहेको महायज्ञको तयारीमा महानगरवासीको सहभागिता बढदो छ  ।  


महायज्ञ सफल बनाउन स्थानीयले समय दान, अंश दान र साधना दानको माध्यमले योगदान गरेका छन । महायज्ञ अघि वीरगन्जमा कलश यात्रा भव्य रुपमा निकाल्न स्थानीय जनप्रतिनिधि समेत लागि परेका छन । 


कलश यात्रा गर्न गठित व्यवस्थापन समितिले मंगलबार वीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको जनप्रतिनिधिको भेलामा वडाअध्यक्षहरुले महायज्ञ सफल बनाउन आफनो स्तरबाट कुनै कसर बाकी नराख्ने बताए । 


भेलामा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुले महायज्ञ  जिल्लाको मात्र नभई समग्र मुलुकै समृद्धिको लागि भएकोले  सफल बनाउन वडावासीले सहयोग गर्ने प्रतिबद्धता जनाए । 


भेलामा वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले महायज्ञ सफल बनाउन आफनो वडामा रहेको विभिन्न संघ सस्थाको सहकार्यमा व्यापाक प्रचार प्रसार गरी जागरुकता फैलाउने बताए । उनले आफनो श्रोत र साधनको सदुपयोग गरी महायज्ञमा वडाबाट उल्लेखनिय सहभगिता गराउने समेत बताए । 


वडा नम्बर २, ३, १३, १४ लगायत ३२ वडाका वडाअध्यक्षहरु  शेख अब्बास, बैजु स्वर्णकार, तुफान अंसारी, भरत महतो लगायतकाले महायज्ञ सफल बनाउन आपनै श्रोतबाट स्थानीयहरुलाई व्यापक रुपमा कलश यात्रामा सहभागिता जनाउने जनाएका हुन । कार्यक्रममा समितिका संयोजक भोला प्रसाद कलवारले महायज्ञ शुरु हुने दिन विहान ८ बजेदेखि वीरगन्जको घण्टाघर चोकबाट कलश यात्रा निकालिने जनाए । 


करिब ६ हजारको सहभागितामा निकालिने कलश यात्रा माईस्थान, आर्दशनगर, अलखिया मठ, कैलाश चौक हुदै आर्दशनगर रगंशालामा आयोजना हुने महायज्ञ स्थलमा पुगि कलश स्थापना गरिने बताए । 


उनले वास वस्न ठाकुराम क्याम्पसका दुबै छात्रावास र घण्टाघर नजिकै रहेको खाली जग्गा गरी ४ लाख ५० हजार स्क्वायर फिटको टेन्ट बनाउने काम भईरहेको बताए ।

 

सुरक्षाको दृष्टीकोणले पर्साको सुरक्षा सहित थप १ हजार सुरक्षार्कीहरुलाई बाहिरबाट झिकाउने काम भईरहेको छ, त्यसैगरी टाउनहल नजिकै रहेको बालमन्दिरमा पनि दैनिक ५० हजार श्रद्धालुहरुको लागि खाना खाने व्यवस्था मिलाईएको छ भने अन्य नगरको विभिन्न १० ठाउँमा थप भण्डारा संचालन गरिने छ, १५० भन्दा बढी शौचालय पनि निर्माण भईरहेको छ, महानगरको सरसफाईलाई पनि ध्यानमा राखी महानगरको सफाई कर्मचारी सहित निजि सस्थालाई पनि सरसफाईमा जुट्न पहल गरिने महानगरप्रमुख बिजय सरावगीले बताए । त्यसैगरी २१ गते महायज्ञ स्थलमा २४ हजार दिप बाल्ने  मेयर सरावगीले हरेक घर घरमा कम्तिमा ५ वटा दिप बाल्न नगरवासीमा अपिल समेत गरे  भेलामा शक्ति पिठ नेपालका प्रभारी वोयेन्द्र सिंहले वीरगन्जमा वैज्ञानिक ढंगले हुन गईरहेको महायज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण हुने बताए ।

 

मनुष्यमा हुने शारिरीक, मानसिक रोगव्याधिको उपचार गर्न सक्ने प्रभावकारी माध्यमपनि हो उनले भने, यज्ञबाट एउटा सात्विक वातावरण तयार हुन्छ, यसले गर्दा मानिसको आध्यात्मिक विकासमा अत्यन्त लाभदायि हुने छ । 
ब्रहमावादणी टोलीका श्यामा राठोरले एउटै विचार र लक्ष्य लिएर महिलाहरु संगठीत भई अगाडी बढे महायज्ञ सफल हुने बताए ।

 

सामुहिक रुपमा जन जागरण गरेर निदाएर बसेका प्रतिभालाई जगाउन र जागृत प्रतिभालाई सभ्यता संस्कृतिको उत्थानमा नियोजन गर्नका लागि अश्वमेध एउटा सशक्त माध्यम पनि रहेकोले यसलाई सफल बनाउन महिलाहरुलाई उल्लेखनिय सहभागिता जनाउन अपिल समेत उनले गरे । समितिका संयोजक कलवारको अध्यक्षतामा सम्पन्न भेलाममा महानगरका उप मेयर शान्ति कार्की, शक्ति पीठ वीरगन्जका कार्यकर्ता, विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्यहरु लगायतको सभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.