logo

अश्वमेध महायज्ञको लागि २  सय ५१ कुण्डीय यज्ञ शाला निर्माणकार्य आजदेखि शुरु 

      2/24/2019 गते 00 00 मा प्रकाशित     1226   पटक पढिएको

वीरगन्ज १२ फागुन  ।
वीरगन्जमा हुन लागेको अवश्यमेध गायत्री महायज्ञको लागि २ सय ५१ कुण्डीय यज्ञशालाको निर्माण कार्य आजदेखि शुरु भएको छ । आर्दशनगर रगंशालामा आयोजन गरिएको महायज्ञको लागि २ सय ५१ कुण्डीय यज्ञ शाला निर्माणको पुजन आईतबार भव्य रुपमा भएको छ । 


महायज्ञ आयोजन समिति वीरगन्जका संयोजक एव वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, महानगरपालिकाका प्रमुख प्रशासकीय  अधिकृत डा.भिष्म भुषालले संयुक्त रुपमा यज्ञ कुण्डको विधिवत रुपमा पुजापाठ गरी शुरुवात गरेका हुन ।

 

आज चारवटा यज्ञकुण्ड तयारी गरि प्रारम्भ गरिएको छ, कुण्ड यज्ञ पुजनमा मुख्य जजमानको रुपमा रहेका मनोज दास र विशाल पटवारीको पनि सहभागिता रहेको थियो । यज्ञ कुण्डको विधिवत पुजन भएपछि आजदेखि २ सय ५१ यज्ञ कुण्ड निर्माण कार्य प्रारम्भ हुने छ ।


महायज्ञको पूर्व सन्धयामा सम्पूर्ण यज्ञकुण्ड तयारी हुने आयोजक समितिले जनाएको छ । यज्ञ कुण्डको पुजन शान्तिकुन्ज हरिद्धार भारतबाट आएकी ब्रहमवादणी महिला टोलीले विधिपूर्वक पुजापाठ गरी यज्ञको प्रारम्भ गराएका हो ।

 

ब्रहमवादणी टोलीकी प्रमुख श्यामा राठौरको नेतृत्वमा रहेको महिला टोलीले पुजापाठ गरेका थिए । कुण्ड पुजनमा बोल्दै वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महायज्ञ सफल बनाउन तथारुकताका साथ लाग्न स्वंयसेवकहरुलाई आग्रह गरेका छन । 


हामीले स्वंयसेवकको लागि हरेक सुविधाको व्यवस्था मिलाएका छौ, तर पनि खाना, बस्नमा केही कठिनाई भएतापनि राष्ट्रको सम्बृद्धि, मनुष्यको शिघ्र स्वास्थ्य, धर्मको उत्थानको लागि हुन गईरहेको अश्वमेध गायत्री महायज्ञलाई सफल बनाउन हातेमालो गरेर अगाडि  बढन सवैमा उनले आग्रह गरे ।

 

नेपालको भूमी वीरगन्जमा पहिलो पटक हुन गईरहेको अश्वमेध गायत्री महायज्ञ गौरवको विषय हो उनले भने, सवैको प्रेरणा र सहयोगले हुन गईरहेकोले यसलाई सफल बनाउन हामी दिनरात लाग्न जरुरी रहेको बताए । 


महायज्ञ सफल बनाउन पर्साका सम्पूर्ण सुरक्षा निकायहरु पनि लागि परेको बताउदै महायज्ञमा सहभागि हुन आउँने पाहुनाको स्वागतको लागि वीरगन्जको मुख्यनाका अत्याधिक भिड हुने भएकोले अन्य नाकाबाट पनि प्रवेश गराउने सुरक्षा व्यवस्था मिलाउने काम भईरहेको उनले बताए ।

 

यज्ञ कुण्ड प्रारम्भ पुजन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत  भुषालले भने, महायज्ञ सफल बनाउन गायत्री माताले हामीलाई जिम्मेवारी दिनु भएको छ, यो हाम्रो लागि सौभाग्यको कुरा रहेकोले यसको सफलताको लागि महानगरपालिका निरन्तर लागि पर्ने छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.