logo

राष्ट्रको समृद्धिको लागी अश्वमेध महायज्ञमा दीप बालियो

      3/5/2019 गते 00 00 मा प्रकाशित     1402   पटक पढिएको

वीरगंज,२१ फागुन ।
नेपालको लागि वीरगंजमा पहिलो पटक भइरहेको चार दिने अश्वमेध महायज्ञमा मंगलवार एकै साथ लाखौ दियो बालिएको छ ।

महायज्ञ समाप्तीको पूर्व सन्ध्यामा राती साढे ७ बजे यज्ञस्थल तथा नेपाल भारतका घरघरमा ‘ दीपप महायज्ञ’ स्वरुप दीप प्रज्वलन  गरेको महायज्ञ आयोजक मुल समितिका अध्यक्ष डा.उपेन्द्र महतोले बताए ।

 

उनले पूर्व सूचना अनुसार प्रति व्यक्तिले ५/५ वटा दीप बाल्ने कार्यक्रम अनुरुप लाखौ दीप बालिएको बताए ।


मुल समितिका संयोजक तथा वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले महायज्ञ समितिले मात्र २४ हजार दियोको व्यवस्था गरेको र बाकी हरेक सहभागीले ५ वटा दियो लिएर आएको हुनाले महायज्ञमा मात्रै १ लाख भन्दा बढि दियो बलेको बताएका छन् ।

 

साथै,उनले पर्सा,बारासंगै नेपालको अन्य ठाउँमा दियो बाल्ने कार्यक्रम बारेपनि जानकारी गराइएकाले घरघरमा नेपाल–भारतमा लाखौ दियो बलेको हुन सक्ने दाबी गरे ।उनले शुरुमा २ करोड रुपैयाको खर्च अनुमान गरिए तापनि श्रद्धालु भक्तजनको सख्या तथा खर्चमा पनि वृद्धि हुन सक्ने अनुमान गरेका छन् ।

 

चार दिनमा ५ लाख सहभागी आउने अपेक्षा गरिए तपानि खराब मौसमको कारण भारतको थुप्रै ठाउबाट सहभागी आउन नसकेको तर पनि तीन दिनमा करिब २ लाख भक्तजन सहभागी भइसकेको उनले जानकारी दिए ।


दिप प्रज्वलनका पुर्व अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्याका छोरा तथा देव विश्व विद्यालयका उपकुलपति चिनमय पाण्ड्याले कथा प्रवचन गरेका थिए ।

 

उनले आफनो प्रवचनमा दिप भनेको प्रकाशको प्रतीक भएकोले जीवनमा भगवानसंग श्रद्धा वृद्धि गर्न दियो बालेर आफनो जीवनको अन्धकार हटाई प्रकाशमय जीवनको कामनाको लागि हिन्दू धर्ममा दियो बाल्ने चलन रहेको बताएका थिए ।सामुहकि दीप महायज्ञले सबैको कल्याण,राष्ट्रमा समृद्धि तथा दीर्घ जीवनको लागि महा मृत्युन्जय मन्त्रको वाचन पनि गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.