logo

हावाहुरी पीडित महिलालाई सरसफाई सिकाउँदै मिस नेपाल श्रृङखला खतिवडा 

      4/28/2019 गते 00 00 मा प्रकाशित     1441   पटक पढिएको

वीरगन्ज, १६ बैशाख । मिस नेपाल वल्र्ड २०१८ की विजेता श्रृङखला खतिवडा आईतबार चर्को घाममा पनि पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सौराहामा महिलाहरुसँग व्यस्त भइन् । आफ्नी आमा तथा प्रदेश नम्बर ३ की प्रदेशसभा सदस्य एवं नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलसँग आएकी श्रृङखलाले सौराहाका महिलाहरुलाई सरसफाई सम्बन्धी जनचेतनामूलक कुराहरुको बारेमा सिकाईन् ।

उनले महिलाहरुले महिनावारी हुने बेलामा आईपर्ने समस्या र त्यसको सहज व्यावस्थापनको बारेमा महिलाहरुलाई बताईन् । विशेषगरी तराई मधेसका महिलाहरु समाजको अगाडि आफ्नो शारिरिक स्वास्थ्य बारेमा खुलेर बोल्न नसक्ने भएकोले महिनावारी भएको बेला अपनाईनुपर्ने सावधानी र सरसफाई सामग्रीहरुको प्रयोगको बारेमा महिलाहरुलाई प्रयोगात्मक विधिबाट जानकारी गराईन् ।

२०७५ साल चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावित १ हजार ७ सय परिवारका महिलाहरुका लागि संकलन गरिएको सरसफाई सामग्रीहरु वितरण गर्न आईतबार खतिवडा पर्सामा आएकी हुन् । टोर्नाडो नामक आँधीले प्रभावित पारेको बारा र पर्साका महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर सामाजिक सञ्जाल मार्फत संकलन गरिएको राहत सहयोगबाट महिलाको लागि महिला अभियानबाट ‘एक परिवार एक झोला’ नारा दिएर राहत संकलन शुरु गरिएको थियो ।

यसको मुख्य संयोजन ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंहले गरेका थिए । उनकै पहलमा महिलाहरुको मात्रै प्रतिनिधित्व रहेको भगिनी संस्था ‘वुमेन्स फर ब्लड’ समूहले राहत संकलनमा सहयोगी भूमिका निर्वाह गरेको थियो । हावाहुरीले प्रभावित क्षेत्रमा सबैले खाद्यान्न लत्ता कपडा, त्रिपाल लगायतका राहत सामग्रीहरु पु¥याए ।

तर, हावाहुरी पीडित महिला तथा किशोरीहरुको स्वाथ्यमा गम्भीर असर पार्ने सरसफाईको बारेमा ध्यान कम देखिएकोले सरसफाईकै कारणले महिलाहरुको शारिरिक स्वास्थ्य जोखिममा पर्नबाट बचाउनका लागि एक परिवार एक झोला अभियान थालेको अभियानका संयोजनकर्ता सिंहले बताए । चैत्र २२ गते देखि थालेको ‘एक परिवार एक झोला’ कार्यक्रममा देश तथा विदेशबाट नगद तथा जिन्सी विभिन्न किसिमको सहयोगहरु संकलन गरेर बाराको भरभवलिया, पुरैनिया, पचरौता रमपुरवा र पर्साको सुर्जाहा, चैनपुर लगायत प्रभावित क्षेत्रका १ हजार ७ सय घरपरिवारलाई सामग्री वितरण गरिएको छ ।

सहयोग सामग्री सामान्य व्यक्तिदेखि मिस नेपाल वल्र्ड २०१८ की श्रृंखला खतिवडा सम्मले सहयोग गरेको छ । उनले सामाजिक सञ्जाल मार्फत अभियानको जानकारी पाएर व्यक्तिगत नगद ५० हजार रुपैंया सहयोग समेत गरिन । आईतबार पर्साको सौराहामा पुगेर पीडित महिला तथा किशोरीहरुलाई महिनावारी हुँदा महिलाले प्रयोग गर्ने सेनिटरी प्याड तथा अन्य सरसफाई सम्बन्धी सामग्री प्रयोग गर्ने तरिका समेत सिकाईन् ।

महिलाहरुको लागि आवश्यक सामांग्रीहरु स्याम्पू, नुहाउने साबुन, लुगा धुने साबुन, सेनेटरीप्याड, भित्री वस्त्र, गम्छा, पेस्ट, ब्रस, टर्च, नेलकटर, लामखुट्टेबाट बच्न झूल लगायतका २१ सय मूल्य बराबरको सामग्रीहरु वितरण गरेर अभियानको समापन गरिन् ।

अभियानमा काभ्रे सेवा समाज बेल्जियम, नेपालगन्ज ग्यालरी, नेपाली कम्युनिटी इन फ्लोरिडा अमेरिका, नेपाली युथ इन बोस्टन (अमेरिका) इंग्ल्यैण्ड रिडङ, रिलिफ सोसाईटी अफ कमर्स वीरगन्ज, वीरगन्ज बैंकर्स ग्रुप, गंगालाल हृदय केन्द्र कर्मचारी परिवार लगायतका विभिन्न संघ संस्था र व्यक्तिहरुले समेत सहयोग गरेका थिए । हावाहुरीलाई वितरण गरिने राहत भन्दा सरसफाई सामग्री वितरण पृथक तरिकाले गरिएको थियो ।

वास्तविका पीडितहरुको घर घरमा पुगेर घरसंख्या संकलन गर्ने र सबैलाई एकठाउँमा बसाएर सरसफाई सम्बन्धी जनचेतना जगाउदै सरसफाई सामग्री प्रयोग गर्ने तरिका सिकाएर मात्रै वितरण गरिएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.