logo

बौद्धीमाई मन्दीर क्षेत्र विकासकालागि नयाकार्य समिति चयन 

      7/7/2019 गते 00 00 मा प्रकाशित     1008   पटक पढिएको

वीरगन्ज २२ असार ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको श्री बौद्धीमाई मन्दीर क्षेत्र विकास संचालक समितिको प्रथम अधिवेशन सफलता पूर्वक सम्पन्न गरी पुन नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उदघाट्न सत्र शनिबार भव्य रुपमा सम्पन्न भएको थियो । 


अधिवेशनको आज दोश्रो दिन सम्पन्न बन्द सत्रले सर्वसम्मतबाट संस्थाका पूर्व अध्यक्ष रामआधार चौरसियाकै अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा अशोक राउत कुर्मी रहेका छन । 


दोश्रो उपाध्यक्षमा विनोद चौरसिया, सचिवमा संजय राउत कुर्मी, सह सचिवमा रविन्द्र श्रीवास्तव र कोषाध्यक्षमा मुन्ना साह रहेको प्रमुख निर्वाचन अधिकृत शंकर प्रसाद कुम्हालले बताए । त्यसैगरी सदस्यहरुमा शिव प्रसाद कोईरी, उमेश गिरी, रविन्द्र प्रसाद यादव, सुरजराज शर्मा र महिला सदस्य तारा देवी चौलागाई रहेका छन । 
११ सदस्य नयाँ पदाधिकारी चयन लगतै आजै बसेको पदाधिकारीको पहिलो बैठकले १० जना नयाँ सदस्य सर्वसम्मतबाट चयन गरी २१ सदस्यीय समिति बनाएको छ  । जसको सदस्यहरुमा नरेश सर्राफ, जोखु राउत कुर्मी, सुरेश महतो नुनिया, विरेन्द्र कुमार गुप्ता र रमेश चौरसिया लगायतका रहेका छन । 


त्यसैगरी संस्थाको बरिष्ठ सल्लाहकारमा बाबुनन्द प्रसाद चौरसिया, सल्लाहकारहरु  मगदीश प्रसाद यादव, हरीशंकर सर्राफ, कपिलदेव प्रसाद कुर्मी, पारस प्रसाद चौरसिया रहेका छन । 


सर्वसम्मतबाट चयन भएका पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत कुम्हालले सपथ ग्रहण गराई प्रमाण पत्र समेत उपलब्ध गराएका थिए । नव निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गर्दै बौद्धीमाई मन्दिरको पूर्वाधारलाई संरक्षण सम्बद्र्धन गर्नुकासाथै  संस्थाप्रति निष्ठावान रही संस्थाको हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । 


सपथ ग्रहण कार्यक्रममा समाजका अगुवा नेता मोहमद सरिफ समानी, शेख मुसाफिर, ईलाका प्रहरी कार्यालय नगवाका प्रहरी सहायक निरिक्षक राकेश साह, रामजानकी मन्दीरका महन्त बद्री बाबा, तुलसी दास, भोला साह कानु लगायतका अगुवाहरुको उल्लखेनिय सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.