logo

नयाँबस्तीमा टोल सुधार संस्था, अध्यक्षमा गौतम,ठेकेदारको मतियार नबन्न सुझाव

      8/16/2019 गते 00 00 मा प्रकाशित     1430   पटक पढिएको

बीरगंज ३१ असार ।
बीरगंज महानगरपालिकाको वडा नं १४ चीनीमिल आवास क्षेत्र अगाडिको टोलमा टेल सुधार समिति गठन भएको छ । नयाँबस्तीका ब्रम्हस्थानमा शनिवार भएको टोल भेलाले समिति गठन गरेको हो । समितिको अध्यक्षमा हरि गौतम सर्वसम्मत रुपमा चयन भएका छन । त्यसै गरि उपाध्यक्षमा परशुराम सिंह सचिवमा ऋषि सत्याल ,सह सचिवमा कन्चन कोइराला कोषाध्यक्षमा नवल किशोर सिंह र सदस्यहरुमा निभा दास,बिन्दु देवी चौरसिया ,रामानन्द पटेल ,अनिल चौरसिया,अवध किशोर सिंह र संजय तिवारी रहेका छन ।

त्यसै  गरि समितिको सल्लाहकारमा के.सी.लामिछाने डा.अशोक दास,डा.कृपासिन्धु चौधरी ,अरुण कुमार झा अरविन्द अमात्य  र गणेश झा रहेका छन ।

टोल सुधार समितिले टोलको पूर्वाधार बिकासमा पहल गर्ने अध्यक्ष हरि गौतमले प्रतिवद्धता जनाए ।

उनले टोलको बिकासकोलागि समितिलाई सबै टोलबासीको सहयोग प्राप्त हुने बिश्वास ब्यक्त गरे । सामाजिक काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका गौतमले टोलको बिकासमा आफूले सकेको इमान्दार प्रयास गर्ने बताए ।

टोल भित्र सर्वाजनीक जमीनको अतिक्रमण ,मुख्यसडकको दाया बाया फूटपाथ अतिक्रमण नालाको निकास सडकको निर्माण जस्ता समस्याहरुमा काम गर्नु पर्ने आवश्यकता रहेको बताए ।

सामाजिक मित्रताको र समाजमा अन्तरघुलनमा देखिएको अन्यौलतालाई अन्त्य गरेर समाजलाई एउटै मालामा उनेर अगाडि बढाउन आफनो समितिले काम गर्ने उनले बताए । 
वडा नं १४  पिप्रामा रहेको नयााबस्ती टोलमा मुख्य सडक निर्माण भएको छ ।

मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको दोश्रो चरण अन्र्तगत सडक निर्माणको काम अव अन्तिम भएको छ । बीरगंज शहर भित्र यति राम्रो सडक भएको ठाउ नयाँबस्ती मात्रै भएकोले पनि नयाँबस्तीलाई राम्रो बनाउन समितिका अगाडि चुनौती रहेको छ ।

महानगरले सरसफाईको काम नीजि क्षेलाई हस्तान्तरण गरेपछि टोल सुधार समितिहरु मार्फत सरसफाई योजना लागु गर्न खोजिएको भन्दै यसको आलोचना समेत भएको छ ।

सरसफाईको काममा बाट महानगरले हात झिकेर ब्यवसायीको जिम्मा लगाएको छ  एक स्थानीयले भने करको मार त हामीमाथि छदैछ सर।सफाईको नाममा छुट्टै शुल्क लिन नपाइने कुरामा समिति सजग हुनु पर्छ ।  टोल सुधार समितिलाई सरसफाईको नाममा ठेकेदारको सहयोगी बनाउने काम नगर्न स्थानीयले सुझाव दिएका छन ।

 

ठेकेदारको मतियार बन्ने होइन टोलको बिकास निर्माण र सामाजिक तथा सास्कृतिक जीवनमा अन्तरघुलनकालागि काम गर्नु पर्ने रामकुमार शर्माले सुझाव दिए ।

 

तर समग्र टोलको बिकासमा समितिले काम गर्नु पर्नेमा स्थानीयले सुझाव दिएका छन । 
टोलको बिकासकालागि एकिकृत पहल गर्ने उद्धेश्यले निर्माण गरिएको संस्थालाई नयाँबस्तीका १ सय ५१ घरधुरीले सघाउने प्रतिवद्धता दिएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.