logo

नयाँबस्तीमा टोल सुधार संस्था, अध्यक्षमा गौतम,ठेकेदारको मतियार नबन्न सुझाव

      8/16/2019 गते 00 00 मा प्रकाशित     1210   पटक पढिएको

बीरगंज ३१ असार ।
बीरगंज महानगरपालिकाको वडा नं १४ चीनीमिल आवास क्षेत्र अगाडिको टोलमा टेल सुधार समिति गठन भएको छ । नयाँबस्तीका ब्रम्हस्थानमा शनिवार भएको टोल भेलाले समिति गठन गरेको हो । समितिको अध्यक्षमा हरि गौतम सर्वसम्मत रुपमा चयन भएका छन । त्यसै गरि उपाध्यक्षमा परशुराम सिंह सचिवमा ऋषि सत्याल ,सह सचिवमा कन्चन कोइराला कोषाध्यक्षमा नवल किशोर सिंह र सदस्यहरुमा निभा दास,बिन्दु देवी चौरसिया ,रामानन्द पटेल ,अनिल चौरसिया,अवध किशोर सिंह र संजय तिवारी रहेका छन ।

त्यसै  गरि समितिको सल्लाहकारमा के.सी.लामिछाने डा.अशोक दास,डा.कृपासिन्धु चौधरी ,अरुण कुमार झा अरविन्द अमात्य  र गणेश झा रहेका छन ।

टोल सुधार समितिले टोलको पूर्वाधार बिकासमा पहल गर्ने अध्यक्ष हरि गौतमले प्रतिवद्धता जनाए ।

उनले टोलको बिकासकोलागि समितिलाई सबै टोलबासीको सहयोग प्राप्त हुने बिश्वास ब्यक्त गरे । सामाजिक काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका गौतमले टोलको बिकासमा आफूले सकेको इमान्दार प्रयास गर्ने बताए ।

टोल भित्र सर्वाजनीक जमीनको अतिक्रमण ,मुख्यसडकको दाया बाया फूटपाथ अतिक्रमण नालाको निकास सडकको निर्माण जस्ता समस्याहरुमा काम गर्नु पर्ने आवश्यकता रहेको बताए ।

सामाजिक मित्रताको र समाजमा अन्तरघुलनमा देखिएको अन्यौलतालाई अन्त्य गरेर समाजलाई एउटै मालामा उनेर अगाडि बढाउन आफनो समितिले काम गर्ने उनले बताए । 
वडा नं १४  पिप्रामा रहेको नयााबस्ती टोलमा मुख्य सडक निर्माण भएको छ ।

मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको दोश्रो चरण अन्र्तगत सडक निर्माणको काम अव अन्तिम भएको छ । बीरगंज शहर भित्र यति राम्रो सडक भएको ठाउ नयाँबस्ती मात्रै भएकोले पनि नयाँबस्तीलाई राम्रो बनाउन समितिका अगाडि चुनौती रहेको छ ।

महानगरले सरसफाईको काम नीजि क्षेलाई हस्तान्तरण गरेपछि टोल सुधार समितिहरु मार्फत सरसफाई योजना लागु गर्न खोजिएको भन्दै यसको आलोचना समेत भएको छ ।

सरसफाईको काममा बाट महानगरले हात झिकेर ब्यवसायीको जिम्मा लगाएको छ  एक स्थानीयले भने करको मार त हामीमाथि छदैछ सर।सफाईको नाममा छुट्टै शुल्क लिन नपाइने कुरामा समिति सजग हुनु पर्छ ।  टोल सुधार समितिलाई सरसफाईको नाममा ठेकेदारको सहयोगी बनाउने काम नगर्न स्थानीयले सुझाव दिएका छन ।

 

ठेकेदारको मतियार बन्ने होइन टोलको बिकास निर्माण र सामाजिक तथा सास्कृतिक जीवनमा अन्तरघुलनकालागि काम गर्नु पर्ने रामकुमार शर्माले सुझाव दिए ।

 

तर समग्र टोलको बिकासमा समितिले काम गर्नु पर्नेमा स्थानीयले सुझाव दिएका छन । 
टोलको बिकासकालागि एकिकृत पहल गर्ने उद्धेश्यले निर्माण गरिएको संस्थालाई नयाँबस्तीका १ सय ५१ घरधुरीले सघाउने प्रतिवद्धता दिएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.