logo

नयाँबस्ती पिप्राको टोलबिकास संस्थाको पहल, जथाभावि पार्किङ गर्नेलाई दण्ड गरिने

      8/21/2019 गते 00 00 मा प्रकाशित     1129   पटक पढिएको

बीरगंज ४ भदौ । 
लिंकरोड नयाँबस्ती पिप्रा टोल बिकास समितिले लिंक रोडमा जथाभावी पार्किङ गर्ने ठुला सवारी साधनलाई दण्डीत गर्ने भएको छ ।

लिंक रोडमा मालवाहक सवारी साधनको भारवहन गर्ने क्षमता नभएकोले सवारी पार्किङ नगर्न टोल बिकास संस्थाले सबैमा अपिल गरेको संस्थाका अध्यक्ष हरि गौतमले बताए । 


उनले पहिलो चरणमा प्रचारात्मक अभियान शुरु गरेको जानकारी दिए । पहिलो चरणमा टाल बिकास संस्थाले गरेको निर्णय जानकारीकालागि पार्किङ गरि राखिएको मालवाहक सवारी साधनमा टास्ने गरेको उनले बताए ।

 

अध्यक्ष गौतमको नेतृत्वमा टोल बिकास संस्थाका पदािधकारी सदस्य एवं सल्लाहकारहरुको टोली एका बिहानै सडकमा निस्कछ ।

 

सडकमा पार्किङ गरिराखिएको मालवाहक सवारी साधनमा पार्किङ नगर्न अपिल गर्दै लेखिएको सूचना टाँस गरिन्छ । संस्थाको बैठकले जथाभावी तथा सूचनाको अटेर गरि पार्किङ गर्नेलाई पाँच हजार रुपैया जरिवाना गराउने निर्णय गरेको संस्थाका सचिव ऋषि सत्यालले जानकारी दिए । 


टोल बिकास संस्थाको अभियानले सकारात्मक परिणाम दिन थालेको छ । सडकमा यत्रतत्र पार्किङ गरिएका ट्रकहरु देखिन्थे अहिले त्यो निकै कम भएको छ संस्थाका राजु श्रेष्ठले बताए ।

 

उनले टोलबिकास संस्थाले राम्रो काम गर्ने आशा जागृत भएको बताए । टोल बिकास संस्थाले टोलमा बाटो नालाको निर्माण हरियाली तथा टोलको सौन्दर्यकरण सुरक्षाको मजवुतीकालागि सिसि क्यामराको जडान जस्ता कार्याक्रमहरु अगाडि बढाउने तयारी गरेको संस्थाका सल्लाहकार राजेन्द्रहरि शर्माले बताए ।

 

टोल बिकास संस्था बनाएर काम गर्दा टोलमा अर्के खालको उत्साहको संचार भएको आर.के.शर्माले बताए । उनले बीरगंजको उतकृष्ट टोल लिकंरोड नयाँबस्ती बन्ने कुरामा ढुक्क हुन आग्रह गरे ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.