logo

महानगर प्रमुखलाई टोल बिकासको ज्ञापन, सबै माँग पुरा गर्ने प्रमुखको प्रतिवद्धता

      8/26/2019 गते 00 00 मा प्रकाशित     1166   पटक पढिएको

बीरगंज १० भदौ । बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले लिंक रोडमा एप्रोच रोडहरु नाला सहित निर्माण गर्ने तयारी भइरहेको बताएका छन ।

बीरगंज महानगरपालिका वडा नं १४ को लिंक रोडमा रहेको टोल बिकास संस्थाले आज बिहान बुझाएको ज्ञापन पत्रको सन्दर्भमा चर्चा गर्दै उनले यस्तो जानकारी दिएका हुन ।

 

उनले लिंक रोडको निर्माणको बिषयमा पत्राचार भइसकेको जानकारी दिदै सडकको फूटपाथ अतिक्रमणलाई कुनै हालतमा सहन नगरिने बताए ।

 

उनले बिकास निर्माणका काममा आउने बाधा अवरोधलाई टोलमै मिलाउन आग्रह गर्दै बिकासको काममा टोल बिकास संस्थालाई सहयोग गर्न आग्रह गरे ।

 

ज्ञापन पत्र बुझदै प्रमुख सरावगीले लिकंरोडमा रहेको बिजुलीको हाइटेनश्न लाईनको उचित ब्यवस्थापन निकट भविष्यमा  हुने बताए । प्रमुख सरावगीले लिंक रोड नयाँबस्ती पिप्रालाई सुरक्षाको निम्ति सीसी टिभी क्यामेराको संजालसंग जोडने प्रतिवद्धता जनाए ।

 

हाइटेशन लाइन सडकबाट कम उचाईमा रहेकोले दुर्घटनाको जोखिम बढेकोले त्यसलाई ब्यवस्थापन गर्नु पर्ने टोलबासीको माँग रहेको थियो ।

 

टोललाई हरियाली बनाउने उद्धेश्यले हरेक घरमा पाँच वटा पारिजातका बिरुवा रोप्ने अभियान अन्र्तगत बिरुवा उपलब्ध गराउन समेत संस्थाले माँग गरेको संस्थाका सचिव ऋषि सत्यालले जानकारी दिए ।

 
महानगर प्रमुख सरवागीले बिकासमा सहयोग गर्न आग्रह गरेपछि टोल बिकास संस्थाको तर्फ बाट अध्यक्ष हरि गौतमले टोलको सम्पूर्ण एकताको साथ सहयोग गर्ने बचन दिए ।

 

उनले फूटपाथ अतिक्रमण हटाउन बिकासका भएका पूर्वाधारहरुको संरक्षण गर्न र बिकास निर्माणका काममा आउने अवरोधलाई हटाउनका साथै बिकासमा साझेदारी गर्न टोल बिकासको तर्फबाट प्रतिवद्धता जनाए ।

टोल बिकास संस्थाको स्थापना पछि टोलको बिकासमा नयाँ गती पैदा भएको नायँबस्तीका राजु श्रेष्ठले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.