logo

महानगर प्रमुखलाई टोल बिकासको ज्ञापन, सबै माँग पुरा गर्ने प्रमुखको प्रतिवद्धता

      8/26/2019 गते 00 00 मा प्रकाशित     1261   पटक पढिएको

बीरगंज १० भदौ । बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले लिंक रोडमा एप्रोच रोडहरु नाला सहित निर्माण गर्ने तयारी भइरहेको बताएका छन ।

बीरगंज महानगरपालिका वडा नं १४ को लिंक रोडमा रहेको टोल बिकास संस्थाले आज बिहान बुझाएको ज्ञापन पत्रको सन्दर्भमा चर्चा गर्दै उनले यस्तो जानकारी दिएका हुन ।

 

उनले लिंक रोडको निर्माणको बिषयमा पत्राचार भइसकेको जानकारी दिदै सडकको फूटपाथ अतिक्रमणलाई कुनै हालतमा सहन नगरिने बताए ।

 

उनले बिकास निर्माणका काममा आउने बाधा अवरोधलाई टोलमै मिलाउन आग्रह गर्दै बिकासको काममा टोल बिकास संस्थालाई सहयोग गर्न आग्रह गरे ।

 

ज्ञापन पत्र बुझदै प्रमुख सरावगीले लिकंरोडमा रहेको बिजुलीको हाइटेनश्न लाईनको उचित ब्यवस्थापन निकट भविष्यमा  हुने बताए । प्रमुख सरावगीले लिंक रोड नयाँबस्ती पिप्रालाई सुरक्षाको निम्ति सीसी टिभी क्यामेराको संजालसंग जोडने प्रतिवद्धता जनाए ।

 

हाइटेशन लाइन सडकबाट कम उचाईमा रहेकोले दुर्घटनाको जोखिम बढेकोले त्यसलाई ब्यवस्थापन गर्नु पर्ने टोलबासीको माँग रहेको थियो ।

 

टोललाई हरियाली बनाउने उद्धेश्यले हरेक घरमा पाँच वटा पारिजातका बिरुवा रोप्ने अभियान अन्र्तगत बिरुवा उपलब्ध गराउन समेत संस्थाले माँग गरेको संस्थाका सचिव ऋषि सत्यालले जानकारी दिए ।

 
महानगर प्रमुख सरवागीले बिकासमा सहयोग गर्न आग्रह गरेपछि टोल बिकास संस्थाको तर्फ बाट अध्यक्ष हरि गौतमले टोलको सम्पूर्ण एकताको साथ सहयोग गर्ने बचन दिए ।

 

उनले फूटपाथ अतिक्रमण हटाउन बिकासका भएका पूर्वाधारहरुको संरक्षण गर्न र बिकास निर्माणका काममा आउने अवरोधलाई हटाउनका साथै बिकासमा साझेदारी गर्न टोल बिकासको तर्फबाट प्रतिवद्धता जनाए ।

टोल बिकास संस्थाको स्थापना पछि टोलको बिकासमा नयाँ गती पैदा भएको नायँबस्तीका राजु श्रेष्ठले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.