logo

छोरी सुरक्षाका बिषयमा गम्भिर चिन्तन ,सरकारलाई जिम्मेवार बन्न आग्रह

      9/12/2019 गते 00 00 मा प्रकाशित     1250   पटक पढिएको


बीरगंज २६ भदौ । ग्लोबल विजनश क्लेजको आयोजनामा छोरीको सुरक्षाका बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले छोरी सुरक्षाका लागी संघ, प्रदेश र स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताएका थिए ।

क्लेजको सभाहलमा आयोजित कार्यक्रममा सरकारले समान्य लाग्ने नियम कानुन समेत बनाउन नसकेकाले महिला सुरक्षित हुन चुनौती बनेको अधिकारकर्मीहरुको भनाई थियो । महिला नेतृ मोनिका सिंहले एसिड, किटनाशक औषधी लगायत अति सम्बेदनशिल वस्तु खरिदका लागी नीति नियम नबनाईदा सजिलै पहुच भएकाले एसिड आक्रमण भएको  बताईन् ।

 

उनी जस्तै अर्का महिला नेतृ कमला घिमिरेले भने, असुरक्षित भनिएका स्थानहरुमा विजुली बति, सिसि क्यामरा लगायतको उपकरण जडान संगै चोकहरुमा प्रहरी समेत नदेखिने गरेकाले पछिल्लो समय वीरगंजमा यस्ता घटनाहरु बढेको उनको तर्क थियो ।

कार्यक्रममा अधिवक्ता कमल मोहन पोखरेलले कानुनमा एसिड आक्रमणबाट अनुहार नै कुरुप हुने गरेको छ भने ५ लाख जरिवाना र ३ वर्षको कैद जरिवना तोकेको छ भने, शरिरको अन्य भागमा भए २ लाख र डेढ वर्ष कैद सजाए तोकेको जानकारी गराए ।

 

तर यस कैद जरिवाना पीडितको हकमा निकै थोरै सजाए भएकाले नियम संशोधन गरि यसको कैद सजाय र जरिवाना बढाउनुपर्ने उनको सुझाव थियो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक आनन्तराम शर्माले कहि कतै जादाँ आउदाँ वा कोही कसैले जिस्काउँदा आफ्नो अभिभावक वा प्रहरीलाई उजुरी दिन आग्रह गरे । मुस्कान बहिनिलाई एसिड प्रहारमा संलग्न भनिएकाहरु पक्राउ परिसकेकाले पीडितले न्याय पाउने उनले बताए ।अपराधीको मनोवल बढेकको भन्दै प्रदेशसभाका सदस्य ओमप्रकाश शर्माले असन्तोष ब्यक्त गरे । 

यसैगरी अर्का सांसद प्रहलाद गिरीले भने, महिला महिलाबाटै पिडित हुने गरेकाले लामो समयदेखी महिला हिंसाको कुरा चलिरहदा पनि निर्कोल हुन नसकेको बताएका थिए ।

 

प्रदेश सरकारले ल्याएको बेटी बचाऊ बेटी पढाऊ अभियान अन्तर्गत नै प्रदेश सरकारले हरेक छोरा छोरीलाई समान अधिकार दिलाउन खोजेकाले सोही अनुसार हामी आफूहरुले काम गरिरहेको उनको भनाई थियो । प्रदेश दुई मै भएको यस घटनाले प्रदेश सरकार गम्भीर हुँदै तत्काल एसिड पिडित मुस्कान बहिनिको राहतका लागी ५ लाख रुपैयाँ खर्च दिने र उपचारको व्यवस्थापन गरिएको उनले बताए ।

 

यसैगरी कार्यक्रमका वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले एसिड आक्रमण लगतै आफनै  पहलमा ती बहिनिलाई तत्कालै काठमाडौँ पु¥याई थप उपचार गराउन लगाएको बताए । यस्ता घटना हुन नदिन जनचेतनाको खाचो आफुहरुले देखेकाले यसतर्फ इच्छुक विद्यालय, कलेज वा संघ संस्थाका लागी महानगरले प्रशिक्षक उपलब्ध गराउने जानकारी गराएका थिए ।


ग्लोबल विजनस क्लेजका डाईरेक्टर ओम प्रकाश श्रेष्ठले सहजिकरण गरेको कार्यक्रम क्लेजका प्रधानाध्यापक श्रीराम दासको सभापतित्वमा समपन्न भएको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.