logo

र्सिसिया नदीको सफाई अभियानमा प्रतिवद्ध छुःनगरप्रमुख सरावगी

      9/15/2019 गते 00 00 मा प्रकाशित     1144   पटक पढिएको

वीरगंज, २९ भदौ ।
वातावरण जिउने आधार नामक संस्थाले आइतबार आफ्नो वेभसाईटको सुरुवात गरेको छ । जिवन ज्योती माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रममा  वीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले वेभसाइटको उद्घाटन गरे ।

 

सो अवसरमा बोल्दै नगरप्रमुख सरावगीले मानव सभ्यताको विकास नै नदी छेउबाट भएको भन्दै सिर्सिया नदीको सफाई अभियानमा आफ्नो सक्रिय भूमिका रहने प्रतिवद्धता जनाए ।

 

उद्योगहरुले फोहर पानी प्रशोधन नगरी सोझै नदीमा खसालेकोले समस्या बढेको उनको भनाई थियो । सिर्सिया सफाई अभियानको चौध सय करोडको योजना बनाएको तर संघीय सरकराले चासो नदेखाएको उनको भनाई छ ।

 

उनले सिर्सिया नदीसंगै सिंगहा नदीमा पनि प्रदुषण बढेर गएको चर्चा गर्दै नेशनल मेडिकल कलेजले आफ्नो फोहर त्यही फाल्ने गरेकोले त्यहाँ अम्लीय तत्व माटोमा बढेर गएको बताए ।

 

वातावरण जिउने आधार  का केन्द्रिय अधयक्ष आकाश चौहानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष के.सी .लामिछाने, पर्साका सभापति श्याम बञ्जारा लगायतकाहरुको उपस्थिती रहेको थियो ।

 

सो कार्यक्रममा आकाश चौहानले सिर्सिया नदीको सफाई र आफ्नो वेभसाइटले कहाँ कसरी कुन जातको बिरुवा लगाउंदा फाइदा पुग्ने र फोहर व्यवस्थापन दिइने सेवाका सन्दर्भमा  सम्पूर्ण जानकारी गराएका थिए । सो कार्यक्रमको संचालन केन्द्रिय कोषाध्यक्ष्ँ रोशन पटेलले गरेका थिए ।  कार्यक्रमको व्यवस्थापन जिवन ज्योती बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक शिव गुप्ता गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.