logo

र्सिसिया नदीको सफाई अभियानमा प्रतिवद्ध छुःनगरप्रमुख सरावगी

      9/15/2019 गते 00 00 मा प्रकाशित     1268   पटक पढिएको

वीरगंज, २९ भदौ ।
वातावरण जिउने आधार नामक संस्थाले आइतबार आफ्नो वेभसाईटको सुरुवात गरेको छ । जिवन ज्योती माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रममा  वीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले वेभसाइटको उद्घाटन गरे ।

 

सो अवसरमा बोल्दै नगरप्रमुख सरावगीले मानव सभ्यताको विकास नै नदी छेउबाट भएको भन्दै सिर्सिया नदीको सफाई अभियानमा आफ्नो सक्रिय भूमिका रहने प्रतिवद्धता जनाए ।

 

उद्योगहरुले फोहर पानी प्रशोधन नगरी सोझै नदीमा खसालेकोले समस्या बढेको उनको भनाई थियो । सिर्सिया सफाई अभियानको चौध सय करोडको योजना बनाएको तर संघीय सरकराले चासो नदेखाएको उनको भनाई छ ।

 

उनले सिर्सिया नदीसंगै सिंगहा नदीमा पनि प्रदुषण बढेर गएको चर्चा गर्दै नेशनल मेडिकल कलेजले आफ्नो फोहर त्यही फाल्ने गरेकोले त्यहाँ अम्लीय तत्व माटोमा बढेर गएको बताए ।

 

वातावरण जिउने आधार  का केन्द्रिय अधयक्ष आकाश चौहानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष के.सी .लामिछाने, पर्साका सभापति श्याम बञ्जारा लगायतकाहरुको उपस्थिती रहेको थियो ।

 

सो कार्यक्रममा आकाश चौहानले सिर्सिया नदीको सफाई र आफ्नो वेभसाइटले कहाँ कसरी कुन जातको बिरुवा लगाउंदा फाइदा पुग्ने र फोहर व्यवस्थापन दिइने सेवाका सन्दर्भमा  सम्पूर्ण जानकारी गराएका थिए । सो कार्यक्रमको संचालन केन्द्रिय कोषाध्यक्ष्ँ रोशन पटेलले गरेका थिए ।  कार्यक्रमको व्यवस्थापन जिवन ज्योती बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक शिव गुप्ता गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.