logo

लिंक रोडमा पूर्वाधार संरक्षण,सडकमा भण्डारण गरिएको बालुवा महानगर पुग्यो

      9/17/2019 गते 00 00 मा प्रकाशित     980   पटक पढिएको

वीरगन्ज ३१ भदौ ।  पिप्रा लिंकरोडमा रहेको टोल बिकास संस्थाले टोलमा नमुना कामको शुरुवात गरेको छ । डेंगुको नियन्त्रणमालागि जनचेतना फलाउदै समितिले पूर्वाधार संरक्षणमा समेत बिशेष ध्यान दिदै आएको छ ।

 

भर्खर निर्माण भएको लिंकरोडसंग जोडिने एप्रोच सडकहरुको स्तरउन्नतीमा लागेको समितिले सडकको संरक्षणकोलागि टोलवासीमा अनुरोध गरेको छ । रोडको दाया बायामा रहेको फूटपाथ समेत नियन्त्रण भइरहेको अवस्थालाई समेत मध्यनजर राखी त्यस्तो अतिक्रमण नगर्न टोलवासीलाई आग्रह गरिएको समितिका अध्यक्ष हरि गौतमले बताए । 

 


टोलमा भर्खर निर्माण भएको सडकमा गिट्टी बालुवा भण्डारण गरेर नराख्न समेत समितिले अपिल गरेको छ । लिंक रोडमा समितिको आग्हका वावजुद पनि सडकमै भण्डारण गरिएको बालुवा समितिले महानगरको ट्रयाक्टर बोलाएर उठाएको छ ।

 

बालुवा वा अन्य अस्तुको भण्डारणले लाखौ लगाएर बनाएको सडकको गुणात्मकतालाई हानी गर्ने भएकोले सडकमा भण्डारण नगर्न आग्ह गरिएको अध्यक्ष गौतमले बताए ।

 

सडकमा जो कोहीले पनि अनावश्यक रुपमा भण्डारण गरे समितिले  महानगरमा पठाइदिने उनले बताए ।  संस्थाको यो काममा वडा नं १४का वडाध्यक्ष भरत कुर्मीको पनि हसभगिता रहेको छ ।

 

संस्थाले गरेको राम्रो काममा सहभागि हुन पाउदा आफूलाई राम्रो लागेको उनले प्रतिक्रिया दिएका छन । संस्थाले टोललाई हरियाली बनाउनकालागि एक घर पाँच बृक्षको अवधारणा ल्याएको छ । बिरुवा रोप्न समेत सबैलाई अपिल गरिएको संस्थाका सचिव ऋषि सत्यालले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.