logo

नागरिकलाई सेवा दिन महानगर असफल खुलाठाउमा हुने माछामासुको बिक्रीमा रोक लागाउन अदालतको आदेश

      9/27/2019 गते 00 00 मा प्रकाशित     1239   पटक पढिएको

बीरगंज १० असोज ।
उच्च अदालतको बीरगंज इजलाशले बीरगंज महानगरपालिका सहितका सरकारी निकायहरु बिरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

 

महानगर ,जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा बाणिज्य कार्यालय पर्सा र माछा मासु व्यवसायी संघ पर्सा  बिरुद्ध उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

 

अदालतले यि निकायहरु नागरिकको स्वास्थ्य प्रति जिम्मेवार नभएकोले अन्तरिम आदेश दिएको हो । अदालतले आफनो आदेशमा बीरगंजमा अस्वस्थकर ढंगले सडक पेटी लगायतका खुला स्थानमा माछामासुको बिक्री बितरण गर्ने गराउने कार्य रोक्न आदेश दिएको छ । 


उपभोक्ता हित संरक्षण मं बीरगंज नगर कमिटीको तर्फबाट अध्यक्ष अजित भूजेलले भदौ २२ गते उच्च अदालतमा परमादेश जारी गर्न माँग गर्दै रिट दायर गरेका थिए । अदालतले त्यतीबेला बिपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको थियो र आजकालागि दुई तर्फी सुनवाईको मिति तोकेको थियो । आजको बहस पछि 


माननीय न्यायाधीश भिम कुमार ओझा र माननीय न्यायाधीश राजेन्द्र सुबेदीको संयुक्त ईजलासले अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशमा नेपालको संविधानको धारा ३०, ३५, र ४४ बमोजिम प्रत्येक नागरिकलाई स्वच्छ बातावरणको , स्वास्थ्य सम्बन्धि र गुणस्तरिय वस्तु तथा सेवा प्राप्त गर्ने मौलिक हक रहेको र स्थानीय सरकार सन्चालन ऐन , २०७४ को दफा ११ (२) को खण्ड (झ ) तथा (ञ)ले आधारभुत स्वास्थ्य र सरसफाई एवं स्थानीय बजार व्यवस्थापन , वातावरण संरक्षण समेतको काम कर्तव्य र अधिकार महानगरपालिकालाई हुने गरि तोकेको सन्दर्भमा सम्बन्धित निकायहरु समेतसङ समन्वय गरि नगर क्षेत्रलाई व्यवस्थित गर्नु , गराउनु पर्ने कर्तव्य महानगर पालिकाक्को हुनेमा बिवाद नरहेको र उक्त कर्तव्य पालनामा उदासिन रहेको भनि प्रस्तुत निवेदन पर्न आएकोले विपक्षीको नाममा पशुपन्छीको सार्वजनिक बाटोघाटोमा खुल्ला रुपले बध गर्न गराउने र तथा बिक्री बितरण गर्ने गराउने कार्यलाई रोक्नु लगाउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरीम आदेश जारी गरिदिएको उल्लेख छ ।

अस्वस्थकर ढंगबाट हुने माछा मासुको बिक्रीले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै संरक्षण मञ्चले वीरगञ्ज महानगरपालिका लगायत सरोकारवाला विरुद्ध मुद्धा दर्ता गरेको थियो ।

 

बिरगञ्ज महानगरको रजतजयन्ती चोक देखि उतर गण्डक नहरसम्मको मुल सडकको किनारमा नै उपभोक्ता स्वास्थ्यमा गम्भीर असर पर्ने किसिमबाट फोहोर नाला छेउमा विभिन्न ठाउमा खसी, बाख्रा तथा कुखुराको मासु बिक्री हुदै आएको छ । 

 

सडक किनारामा अव्यवस्थित रुपमा बिक्री गर्ने गरेको मासु पसलले महानगरलाई कुरुप बनाउनुको साथै र मासुपसलवालाहरुको मनपरी ढंगले मासुको मुल्य बढाउने तथा खसी र बाख्राको मासुको छुट्टा छुटै मुल्य सुची नराखेको साथै खसिको मासुमा बाख्राको मासु मिसाई उपभोक्तालाई दिनहु ठगि गरिरहेको उपभोक्ता गुनासोलाई ध्यानमा राखेर पटक पटक महानगरको ध्यानाकर्षण गराउदा समेत कुनै सुनवाई नभएपछि रिटमा जानु परेको भूजेलले बताए । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.